शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छ: मन्त्री यादव

शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छ: मन्त्री यादव
+
-

भरतपुर – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको कामअघि बढाइने बताएकी छन्।

चितवन उद्योग सङ्घले आज आयोजना गरेको कार्यक्रममा उनले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिट्टै यसलाई अगाडि बढाउने बताइन्।

उनले सरकारले उद्योगी व्यवसायीलाई लगानी गर्ने र रोजगारी सिर्जना गर्ने काममा लाग्न प्रेरित गर्ने बताइन्। नियम उल्लङ्घन गर्ने उद्योगहरूको विद्युत् लाइन काटिएको र नीति, प्रक्रियामा आई सञ्चालन भएका उद्योगलाई छुटसहित सहयोग गरिएको मन्त्री यादवले बताइन्।

चितवन उद्योग सङ्घका उपाध्यक्ष गोपालप्रसाद गैरेले सङ्घका परियोजनाहरूको बारेमा जानकारी गराउँदै शक्तिखोर औद्योगिक क्षेत्रको सञ्चालन गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराए। व्यवसायी अर्जुन सापकोटाले नेपाली उद्योगका लागि आवश्यक कच्चा पदार्थमा सरकारले कर छुट दिनुपर्ने बताए।

औद्योगिक क्षेत्र निर्माणका लागि कालिका नगरपालिकाका ३, ७ र ८ र इच्छाकामना गाउँपालिकाको ७ नम्बर वडाको एक हजार १७८ हेक्टर जग्गा तोकिएको छ। औद्योगिक क्षेत्र निर्माणका लागि तयार भएको विस्तृत परियोजना प्रतिवेदनअनुसार करिब ३७ अर्ब लागत लाग्ने अनुमान छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…