रास्वपामा ३ सय ८४ उम्मेदवारको सूची सार्वजनिक, बेलुकी साढे सात बजे मतदान सुरु हुने

रास्वपामा ३ सय ८४ उम्मेदवारको सूची सार्वजनिक, बेलुकी साढे सात बजे मतदान सुरु हुने
+
-
देशसञ्चार AI सारांश
  • चितवनमा रास्वपाको पहिलो महाधिवेशनमा ३८४ जना केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेका छन्।
  • रास्वपाका करिब ४१०० प्रतिनिधिहरूले ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान गर्नेछन्।
  • मतदानको लागि ७५ इभिएम मेसिन प्रयोग हुँदैछ र चार घन्टाभित्र सम्पन्न गर्ने योजना छ।

काठमाडौँ-  चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि ३ सय ८४ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

रास्वपाका नेता मनीष झाका अनुसार बुधबार ५ बजेसम्म दाबीविरोधको समय दिइएकाले यो उम्मेदवारीको संख्यामा केही तलमाथि हुनसक्ने छ।

रास्वपाका करिब ४१०० महाधिवेशन प्रतिनिधिहरूले ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गर्नेछन्।

झाका अनुसार बुधबार बेलुकी साढेसातसम्म मतदान सुरु हुने र करिब ४ घन्टामा सकिने लक्ष्य राखिएको छ।

७५ वटा इभिएम मेसिनद्वारा मतदान गरिने भएकाले ४ घन्टामा सक्ने लक्ष्य रास्वपा केन्द्रीय निर्वाचन आयोगले राखेको जानकारी उनले दिए।

मध्यरात १२ बजेसम्म मतदान सकिएपछि करिब २ घन्टामा मतगणना सकिने झाले अनुमान गरेका छन्।

१५१ सदस्यीय रास्वपा केन्द्रीय समितिका लागि ५१ सदस्य भने सभापति आफैँले मनोनयन गर्नेछन्। रास्वपाको पहिलो महाधिवेशनले सभापति पदमा भने रवि लामिछानेलाई निर्विरोध चयन गरिसकेको छ भने अन्य पदका लागि मतदान हुने भएको छ।

रास्वपामा कुल १९ जना पदाधिकारी रहने व्यवस्था छ।

सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (कम्तीमा एक महिला), महामन्त्री २ जना,  सहमहामन्त्री ५ जना (एक जना महिला अनिवार्य), प्रवक्ता १, सहप्रवक्ता ३ जना (कम्तीमा एक महिला), कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ जना हुने व्यवस्था छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…