- काठमाडौँमा आयोजना गरिएको विशेष समारोहमा जीडब्लुएमको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘ओरा ५ ईभी’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरियो।
- यो गाडीले एकपटकको चार्जमा ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज तथा उच्च सुरक्षाका लागि ५० भन्दा बढी एड्भान्स्ड फिचरहरू प्रदान गर्दछ।
- जीडब्लुएमले यस नयाँ मोडलमार्फत नेपालमा स्मार्ट, सुरक्षित र वातावरणमैत्री यातायातको नयाँ मानक स्थापित गर्ने विश्वास लिएको छ।
काठमाडौँ- विश्वव्यापी अटोमोबाइल ब्रान्ड जीडब्लुएम (Great Wall Motor) अन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘ओरा ५ ईभी’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
काठमाडौंस्थित द प्लाजामा आयोजित एक विशेष समारोहका बीच नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रालिले यो गाडी बजारमा ल्याएको हो।
चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका लागि महत्वपूर्ण बजारका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ।
‘Designed with Intelligence, Shaped by Elegance’ अवधारणामा आधारित यो गाडी नेपाली ग्राहकको आवश्यकता, सडकको अवस्था र आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर सार्वजनिक गरिएको हो।
नेपाली बजारमा ओरा ५ ईभी दुईवटा भेरियन्टमा उपलब्ध गराइएको छ। कम्पनीले सार्वजनिक गरेको विशेष प्रारम्भिक मूल्यअनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

यस प्रिमियम इलेक्ट्रिक एसयूभीको प्रमुख विशेषता भनेको यसले एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्दछ।
नेपाली सडक सुहाउँदो २०० एमएम ग्राउन्ड क्लियरेन्स भएको यस गाडीमा प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा, र सेल्फ-हिलिङ पेन्ट टेक्नोलोजी जस्ता थुप्रै आधुनिक तथा विलासी फिचरहरू समावेश छन्।
सुरक्षाका दृष्टिकोणले समेत ओरा ५ ईभी निकै सबल मानिएको छ, जसले प्रतिष्ठित ५ स्टार एएनक्याप (ANCAP) र ५ स्टार युरो एनक्याप (Euro NCAP) सुरक्षा रेटिङ प्राप्त गरेको छ।
यसमा चालक र यात्रीको सुरक्षाका लागि २५ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) फिचरहरू, लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, ट्राफिक साइन रिकग्निसन र सामान राख्नका लागि ३३ वटा उपयोगी स्टोरेज स्पेसहरू उपलब्ध छन्।
विश्वका १७० भन्दा बढी देशहरूमा उपस्थिति जनाइसकेको र १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जीडब्लुएमले यस नयाँ मोडलमार्फत नेपालमा स्मार्ट, सुरक्षित र वातावरणमैत्री यातायातको नयाँ मानक स्थापित गर्ने विश्वास लिएको छ।
कम्पनीका प्रतिनिधिहरूले नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई सम्बोधन गर्दै विश्वस्तरीय प्रविधि र प्रिमियम अनुभव नेपाली ग्राहकमाझ ल्याउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।
भर्खरै
लोकप्रिय
