कोइराला निवासमा शेखरसँग प्रचण्ड र माधवको के भयो कुराकानी?

कोइराला निवासमा शेखरसँग प्रचण्ड र माधवको के भयो कुराकानी?
तस्बिर- दिनेशचन्द्र थपलिया/कोइरालाको सचिवालय।
+
-

मोरङ – पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन्।

विराटनगरस्थित कोइराला निवासमा शुक्रबार बिहान दाहाल, नेपाल र कोइरालाबीच भेटवार्ता भएको हो। उनीहरूबीच करिब ४५ मिनेट कुराकानी भएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पछिल्लो समय विभिन्न दलका नेताहरूलाई भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायतका मुद्दामा पक्राउ गर्ने थालेपछि नेताहरू सशंकित बनेका छन्। सरकारले सम्पत्ति शुद्धीकरण मुद्दामा सोमबार नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेको थियो।

यसैबीच सरकारले व्यवसायी अजय सुमार्गीको राहदानी रोक्का गरेपछि नेपाली कम्युनिष्ट पार्टीभित्र तरंग ल्याएको छ। यसै विषयमा कुराकानी गर्न नेकपाका संयोजक दाहाल र सहसंयोजक नेपाल कोइराला निवास पुगेको कोइरालानिकट स्रोतले जानकारी दियो।

व्यवसायी सुमार्गी दाहालनिकट हुन्। उनलाई सरकारले छानबिनको दायरामा ल्याउन खोजेपछि दाहालको बेचैनी बढेको हुनसक्ने स्रोतको भनाइ छ।

कोइरालासँगको भेटमा दाहालले सरकारविरुद्ध कांग्रेस, एमाले, नेकपालगायतका दलहरूले संयुक्त मोर्चा बनाए अघि बढ्नुपर्ने धारणा राखेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…