सम्पदा, संस्कृति र सहरमाथि बहस गर्दै सकियो ‘रातोघर साहित्य उत्सव’

सम्पदा, संस्कृति र सहरमाथि बहस गर्दै सकियो ‘रातोघर साहित्य उत्सव’
+
-
देशसञ्चार AI सारांश
  • रातोघर फाउन्डेसनद्वारा आयोजित साहित्य उत्सवमा कविता वाचन र संस्कृति, सम्पदा सम्बन्धी विविध विमर्श सम्पन्न गरिएको थियो।
  • ‘रातोघर च्वसा सम्मान’ रमेशकाजी स्थापितलाई र ‘उत्कृष्ट सेवा सम्मान’ डाक्टर शङ्करमान राईलाई प्रदान गरियो।
  • सहभागिता जनाउने जनप्रतिनिधिहरूले संस्कृति संरक्षण, संरचनाको संवर्द्धन र विकास योजनाबारे आफ्ना विचार प्रस्तुत गरे।

संस्कृति, सम्पदा र सहरसम्बन्धी बहसलाई केन्द्रमा राख्दै रातोघर फाउन्डेसनद्वारा आयोजित ‘रातोघर साहित्य उत्सव: संस्कृति, सम्पदा र सहर’ सम्पन्न भएको छ।

बिजेश्वरीस्थित नेपालभाषा मंकाखलः भवनमा आयोजित उत्सवको शुभारम्भ कोकोमेह्न्दो टीका–प्रसाद, टुङ्ना र डम्फूको मधुर धुन तथा धिमे वादनबाट गरिएको थियो। फाउन्डेसनका अध्यक्ष स्नेह सायमिले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्य र सम्पदा संरक्षणका लागि यस्ता कार्यक्रमको आवश्यकता औँल्याए।

कवि विश्व सिग्देलको सहजीकरणमा सम्पन्न पहिलो सत्रमा कविहरू धीर कुमार श्रेष्ठ,उषा शेरचन, लक्ष्मी माली, भीष्म उप्रेती, अभय श्रेष्ठ, रजनीमिला, उत्तम राउत, गीता त्रिपाठी, रजनी ढकाल, सुलोचना मानन्धर धिताल, प्रोल्लास सिन्धुलीया, दीपक सापकोटा, भोजराज न्यौपाने, रामगोपाल आशुतोष, रसिकराज, शकुन्तला जोशी, लक्ष्मी रुम्बा, सुमन थापा सङ्गम, विणा नेम्कुल, रिता खत्री, किसन पौडेल र जुमन किरणगायतले सम्पदा, सभ्यता र समाजप्रतिको चिन्तन झल्किने कविता वाचन गरेका थिए।

उत्सवको अर्को सत्रमा जनही रु. २५ हजार २५ सहित ‘रातोघर च्वसा सम्मान’ रमेशकाजी स्थापितलाई तथा ‘रातोघर उत्कृष्ट सेवा सम्मान’ डाक्टर शङ्करमान राईलाई प्रदान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूको परिचय फाउन्डेसनका उपाध्यक्ष वासुदेव अधिकारीले गराएका थिए।

यसै अवसरमा कवि स्नेह सायमिको नेपाली कविता सङ्ग्रहको नेपालभाषा अनुवाद ‘ताँः व पखाः त’ को विमोचन गरिएको थियो। उक्त कृतिको अनुवाद रमेशकाजी स्थापितले गरेका हुन्।

‘यो सहर कसको हो?’ विषयक विमर्शमा सुदर्शनराज तिवारी र मल्ल के. सुन्दरले काठमाडौं उपत्यकामा क्रमशः हराउँदै गएका मौलिक संस्कृति, सम्पदा र सभ्यताको संरक्षणका चुनौती र सम्भावनाबारे गहन विचार राखेका थिए। उक्त सत्रको सहजीकरण दीपक समीरले गरेका थिए।

त्यसैगरी, ‘स्वनिगः याम्बू र सम्पदाको सहर’ विषयमा आयोजित विमर्शमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य तथा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ वक्ताका रूपमा सहभागी भएका थिए। फाउन्डेसनका अध्यक्ष स्नेह सायमिले सहजीकरण गरेको उक्त सत्रमा जनप्रतिनिधिहरूले संस्कृति संरक्षण, मौलिक संरचनाको संवर्द्धन तथा विकास योजनाबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्तिम चरणमा मातृभाषामा कविता वाचन गरिएको थियो। नारद बज्राचार्य, नवीनप्रकाश श्रेष्ठ, विना थिङ, अजितमान लामा, ईश्वर थोकर, चन्द्रबहादुर लामा, वसन्त नकर्मी, हिसिलिना शाक्य, रहेना नकर्मी मानन्धर, रश्मि नापित, रितेश त्रिपाठी, तिलक चाम्लिङ राई, राजेश्वरी राजोपाध्याय, अर्जुन महर्जन र राज अक्षोभ्यले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। उक्त सत्रको सहजीकरण कवि रजनीमिलाले गरेकी थिइन्।

समापन समारोहमा फाउन्डेसनकी महासचिव अनिता लामाले सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि साहित्य, संस्कृति र सेवामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइन्। अध्यक्ष स्नेह सायमिले मौलिक सम्पदा र साहित्यलाई केन्द्रमा राखेर थप कार्यक्रम आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।

उत्सवको सहआयोजकमा वर्तमान कविता समूह, सुरेशकिरण स्मृति गुथि तथा नेपालभाषा मंका खलः रहेका थिए भने कार्यक्रमको सञ्चालन कवि रमिप्रियाले गरेकी थिइन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…