- प्रतिपक्षी दलको अवरोधले १० मिनेटको स्थगन पछि बैठक भोलिसम्मका लागि स्थगित गर्न बाध्य बनाएको छ।
- बजेट संशोधनको मागका कारण नीति तथा कार्यक्रमप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलले विधानसभा अवरुद्ध गरेका छन्।
- संघीयता विरोधी ठहर गर्दै जसपाका उपेन्द्र महतोले फरक जिल्लाका योजना समावेश भएकोमा आपत्ति जनाएका छन्।
जनकपुरधाम – मधेस प्रदेश सभा बैठकमा प्रतिपक्षी दलको अवरोधपछि १० मिनेटका लागि स्थगित बैठक भोलि दिउँसो १ बजेसम्मका लगि स्थगित भएको छ। बुधबार दिउँसो १ बजे बोलाइएको बैठक सावा २ बजेपछि बसेकोमा प्रतिपक्षी दलले बजेट संशोधनको माग राख्दै बैठक अवरुद्ध गरेपछि सभामुख रामअशिष यादवले १० मिनेटका लगि स्थगित गरेका बैठक पुनः सुरु हुन सकेन्। दलहरुबीच सहमति नजुटेपछि स्थगित बैठकलाई बिहीबार दिउँसो १ बजे बस्नेगरि स्थगित गरिएको हो।
असार १ गते मधेस प्रदेश सरकारले बजेट प्रस्तुत गरेकोमा आजदेखि बजेटमाथि छलफल सुरु हुने कार्यसूची थियो। तर प्रतिपक्षी दलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेलामा प्रदेश सरकारले एक करोडभन्दा कमको योजना समावेश नगर्ने भनेकोमा ५ लाखसम्मको योजना रहेको भन्दै आपत्ति जनाएका थिए।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश सभा सदस्य उपेन्द्र महतोले यो बजेट संघीयता विरोधी समेत रहेको भन्दै आपत्ति जनाएका थिए। उनले आगामी आवका लागि ल्याइएको बजेटमा एउटै योजनामा विभिन्न वडाको मात्र नभई फरक फरक जिल्लाको योजनाहरु समेत समावेश गरेको प्रति आपत्ति जनाएका थिए।
मधेस प्रदेश सरकारले यस पटकको बजेटमा एउटा योजनामा जिल्लाभित्रका विभिन्न स्थानीय तह तथा फरक फरक जिल्लाका योजनाहरु समेत एकै ठाउँमा राखेको छ।
भर्खरै
लोकप्रिय
