मधेस प्रदेशसभाः प्रतिपक्षी दलद्वारा बैठक अवरुद्ध, सदन अनिश्चितकालका लागि स्थगित

मधेस प्रदेशसभाः प्रतिपक्षी दलद्वारा बैठक अवरुद्ध, सदन अनिश्चितकालका लागि स्थगित
+
-
देशसञ्चार AI सारांश
  • मधेस प्रदेश सभा बैठकमा प्रतिपक्षी दलका सांसदहरुले बजेट संशोधनको माग राख्दै अवरुद्ध गरेपछि बैठक स्थगित भयो।
  • जसपा सदस्यले संघीयता समाप्त पार्ने सरकारको रोडम्याप रहेको आरोप लगाउँदै गैर-रेडबुक योजनाको टेण्डरको कुरा उठाए।
  • जनमत पार्टी सदस्यले टुक्रे योजनाले वितरण अन्याय पुनः जगाउने भन्दै बजेटको पुर्नलेखन गर्नुपर्ने माग गरे।

जनकपुरधाम– मधेस प्रदेश सभा बैठकमा प्रतिपक्षी दलका सांसदहरुले अवरुद्ध गरेपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको छ। बिहीबार पौने ३ बजे सुरु भएको सदनमा प्रतिपक्षी दलका सांसदहरुले बजेट संशोधनको माग राख्दै बैठक अवरुद्ध गरेपछि सभामुख रामअशिष यादवले बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन्।

जनता समाजवादी पार्टी  (जसपा) नेपालका प्रदेशसभा सदस्य उपेन्द्र महतोले यो सरकारले संघीयता समाप्त पार्ने रोडम्याप तयार गरिरहेको आरोप लगाए।

उनले भने, ‘२०८३ असार १५ गते रौतहट पूर्वाधार विकास कार्यालयले ३० करोड ८ लाखको पाँचवटा योजनाको लागि टेण्डर आह्वान गरेको छ । असार १७ गते १ अर्ब ३५ करोड बराबरको १० वटा कार्यक्रमको टेण्डर गरेको छ, जुन रेडबुकमा कतै थिएन।’

यो सरकारले प्रदेशको अर्थतन्त्रलाई समाप्त पार्ने षडयन्त्र गरिरहेको आरोप लगाउँदै उनले भने, ‘नेपाली कांग्रेसका सभापति गगन थापा भन्नुहुन्छ कांग्रेस दास र लासको पार्टी होइन तर तपाईहरु दास र लाश नै हुनुहुन्छ।’

यस्तै, जनमत पार्टीका प्रदेशसभा सदस्य संजयकुमार यादवले छोटो योजना निरुत्साहित गर्ने योजना लिएकोमा टुक्रे योजनाले भरिएको योजना ल्याएकोले त्यसले यहाँको जनतामा रहेको वितृषणालाई फेरि जगाउने काम भएको भन्दै बजेटको पुर्नलेखन गर्नुपर्ने माग गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…