एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
+
-

जनकपुरधाम – उच्च अदालत जनकपुरले सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा दोषी ठहर गरेपछि नेकपा एमालेका नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।

बिहीबार साँझ करिब ६ बजे गौशाला नगरपालिका वडा नम्बर ५ स्थित पार्टी कार्यालय अगाडिबाट उनलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिए।

यसअघि महोत्तरी जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो। तर, बुधबार उच्च अदालतले उक्त फैसला उल्ट्याएको हो। उच्चले जिल्ला अदालतको फैसला उल्टाउँदै कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएपछि आज प्रहरीले पक्राउ गरेको हो।

सोही मुद्दामा उच्च अदालतले मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्यहरू अभिराम शर्मा, सुरेन्द्र पाण्डे, धर्मेन्द्र राय, पवन कापर र रामशंकर मिश्रलाई पनि पाँच वर्ष कैद सजाय सुनाएको छ।

यसै मुद्दामा प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको हकमा जिल्ला अदालतको जन्मकैद सजायलाई उच्च अदालतले सदर गरेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…