एमालेका पूर्व सांसद कोइरी कारागार चलान

एमालेका पूर्व सांसद कोइरी कारागार चलान
लक्ष्मी महतो कोइरी/फाइल तस्बिर
+
-

जनकपुरधाम– नेकपा एमालेका पूर्वप्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान भएका छन्।

बिहीबार साँझ गौशाला नगरपालिका ५, एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालयले महोत्तरी जिल्ला अदालतमा पेश गरेपछि अदालतले कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पन्चलाल गोलेले बताए।

मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन बिकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले महतोलाई दोषी ठहर गर्दै पाँच वर्षको कैद फैसला सुनाएपछि प्रहरीले त्यसको भोलिपल्ट पक्राउ गरेको थियो।

गौशाला २, निगौल घर भएका महतो २०७९ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। सांसद भएपछि फरार सूचीमा रहेका महतोलाई जिल्ला अदालतले सफाइ दिएको थियो।

तर उच्चले उनलाई बुधबार दोषी ठहर गरेको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…