रास्वपा विधानको गतल व्याख्या गरिएको उपनेता पराजुलीको जिकिर

रास्वपा विधानको गतल व्याख्या गरिएको उपनेता पराजुलीको जिकिर
तस्बिर : न्यूज एजेन्सी नेपाल
+
-
देशसञ्चार AI सारांश
  • रास्वपा उपनेता पराजुलीले पार्टी विधानको प्रावधानलाई प्रधानमन्त्री साहलाई हटाउन गलत अर्थ लगाइएको दाबी गरेका छन्।
  • उनले विधानले पार्टी सभापति र उपनेतालाई समेत हटाउन सक्ने व्यवस्था गरे पनि अपव्याख्या भएको बताए।
  • चितवनको महाधिवेशनले सभापति निर्देशन नमाने संसदीय नेता हटाउन सकिने प्रावधान समेटेको थियो।

काठमाडौँ – सत्तारुढ रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको नेतालाई हटाउने पार्टीको विधानको प्रावधानलाई प्रधानमन्त्री बालेन्द्र साहलाई हटाउने भनि गलत व्याख्या भएको दाबी गरेका छन्।

बुधवार प्रधानमन्त्री बालेन्द्र साहलाई संसदीय दलको नेताबाट जुनसुकै बेला पनि हटाउन सक्ने भनि राखिएको प्रावधानबारे उपनेता पराजुलीले विषयको गलत व्याख्या गरिएको गुनासो गरेका हुन्।

उनले विधानमा पार्टी संसदीय दलको नेता मात्रै नभएर पार्टी सभापति रवि लामिछाने, उपनेता म स्वयमको पनि हटाउन सक्ने प्रावधान राखिएको तर संसदीय दलको नेता मात्रै हटाउने प्रावधान राखिएको भनेर त्यसको अपब्याख्या गर्न खोजिएको जिकिर गरे।

रवि–बालेनबीच आउन सक्ने टकरावलाई ध्यान दिँदै रास्वपा विधान छलफलबिनै परिमार्जन

विधान कुनै व्यक्ति वा पदलाई हेरेर भन्दा पनि पार्टीको प्रभावकारितालाई हेरेर बनाउने भएकाले सोही अनुसार बुझ्न उपयुक्त हुने बताए।

‘यसमा अन्यथा किन लिनुपर्दैन । किनभने अन्य पदाधिकारीको जस्तै पदको अन्त्य कहिले हुन्छ, कसरी हुन्छ ? भनेर व्याख्या गरेजस्तै संसदीय दलको नेताका पनि पदको अन्त्य कसरी हुन्छ भनेर व्यवस्था गरिएको एउटा व्याख्या मध्येको व्याख्या भएको हुनाले यहाँहरुले यसलाई जुन आशयका साथ उठान गर्नुभएको छ, त्यो नियतसँग जोडेर हेरेको कारणले यसको अपब्याख्या भएको हो कि भन्ने मेरो बुझाई छ, पराजुलीले अगाडि भने, ‘संसदीय दलको उपनेताको पनि व्यवस्था गरिएको छ । तर यसको चर्चा भएन नि । सभापतिको पनि पद कसरी हटछ ? भन्ने कुराको त चर्चा भएन नि ।’

चितवनमा सम्पन्न रास्वपाको महाधिवेशनले पार्टी सभपातिको निर्देशन नमानेको खण्डमा संसदीय दलको नेतालाई समेत हटाउन सकिने व्यवस्था गरिएको छ।

रास्वपाभित्रको भावी शक्ति संघर्षलाई ध्यानमा दिँदै सभापति लामिछाने पक्षले आफ्नो हात माथि पर्ने गरी विधानमा यस्तो प्रावधान घुसाएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…