सरकारलाई प्रश्न नगर्न सभामुख अर्यालको रुलिङ

सरकारलाई प्रश्न नगर्न सभामुख अर्यालको रुलिङ
+
-
देशसञ्चार AI सारांश
  • सभामुख अर्यालले विपक्षी दललाई सरकारमाथि निरन्तर प्रश्न नगर्न निर्देशन दिंदै सभालाई मर्यादित रूपमा सञ्चालन गर्न सुझाव दिए।
  • विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहको विवादास्पद सीमासम्बन्धी भनाइको विरोध गर्दै संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
  • सभामुखले विपक्षीले उठाएको विषयवस्तुमा मात्र विरोध गर्न र शब्दहरूको जिम्मेवार प्रयोग गर्न आग्रह गरे।

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमाथि विपक्षी दलहरूले गर्दै आएको प्रश्न रोक्न निर्देशन दिएका छन्।

‘प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको छ‘ भन्दै दिएको अभिव्यक्ति र सरकारका काम कारबाहीप्रति निरन्तर हुँदै आएको प्रश्न रोक्न विपक्षी दलका सांसदहरूलाई सभामुख अर्यालले रुलिङ गरेका हुन्।

प्रधाममन्त्रीको सीमासम्बन्धी आपत्तिजनक भनाइलाई लिएर विपक्षी दलहरूले लगातार सदनमा कुरा उठाउँदै प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने अन्यथा संसदको रेकर्डबाट हटाउनुपर्ने आग्रह गर्दै आएका छन्। बिहीबार पनि संसद सुरु हुने वित्तिकै विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदहरूले उठेर विरोध जनाए।

उनीहरूले बोल्न समय मागेपछि सभामुख अर्यालले विपक्षीहरूलाई समय दिए पनि सबैको कुरा एउटै हुने भएकाले एक जनालाई मात्रै बोल्न दिने निर्णय सुनाए। यसअघि सबै विपक्षी दलहरूका तर्फबाट एक एक जनाले बैठकको सुरुमै बोल्न समय पाउँदै आएका थिए।

उनले भने, ‘हामी लामो समयदेखि एउटै मुद्दामा विपक्षी बेन्चतर्फको मान्य सदस्यहरूले ध्यान आकर्षण गराई राख्नुभएको छ। सबैजनाको कुरा सुन्दाखेरि विषयवस्तु एउटै नै हुन्छ अन्तिममा। त्यसकारणले सभालाई मर्यादित र समयको ख्याल गर्नका लागि विपक्षी बेन्चको तर्फबाट एक जना मान्य सदस्यले बोलेर आजको बैठक अगाडि बढाउनको लागि सहयोग गर्न म मान्य सदस्यहरूलाई अनुरोध गर्छु।’

त्यसपछि सभामुख अर्यालले विपक्षी दलहरूको तर्फबाट कांग्रेसकी सांसद हरिनादेवि कामीलाई समय दिए। उनले यसअघि झै प्रधानमन्त्रीको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आफ्ना कुरा राखिन्। कामीले सरकार र प्रधानमन्त्रीमाथि उठेका प्रश्नको जवाफ पार्टीको मञ्चबाट नभइ संसदमा दिनुपर्ने, लोकतन्त्रमा बहुमतले सरकार बनाउने भए पनि संसदभन्दा ठूलो बहुमत नहुने बताइन्।

‘संसदमा उठेका प्रश्नको उत्तर बाहिर खोज्ने प्रवृत्ति संसदीय अभ्यास कमजोर बनाउँछ। हामी सरकार ढाल्न खोजिरहेका छैनौँ। सरकारलाई संविधानको बाटोमा हिडाउन खोजिरहेका छौँ। हामी प्रधानमन्त्रीज्यूको अपमान होइन प्रधानमन्त्रीज्यू पदको सम्मान चाहन्छौँ तर सम्मानको आधार मौनता होइन जवाफदेहिता हो जस्तो लाग्छ, कामीले अगाडि भनिन्, ‘नेपाल भारत सम्बन्ध हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ। त्यसैले सीमा जस्तो संवेदनशील विषय बोलिने प्रत्येक शब्द जिम्मेवार तथ्यमा आधारित र राष्ट्रिय सहमति अनुसार हुनुपर्छ, भावनाले होइन परिपक्व कूटनीतिकले राष्ट्रको हित हुन्छ।’

कामीपछि विपक्षी दलहरूले फेरि बोल्न समय माग गरे। यसपटक उनले एमालेकी सांसद यशोदाकुमारी बराललाई समय दिए। तर त्यसभन्दा अघि उनले फेरि विपक्षीहरूलाई विरोध गर्ने शैली बदल्न सुझाव दिँदै सरकारमाथि गरिदै आएको प्रश्न रोक्न भने।

सभामुख अर्यालले भने, ‘मैले मान्य सदस्यहरूलाई आग्रह गरे बमोजिम नै मान्य सदस्यहरुको अब विरोध गर्ने शैली पनि विरोध केही विषयवस्तुमा मात्रै बोल्नुस्। त्यहाँबाट बाहिर नजानुस् भनेर सभामुखले भनिरहनुपर्ने अवस्था आउन राम्रो होइन। त्यसकारणले अब विरोध जुन विषयवस्तुको लागि विरोध सुरुवात गरिएको छ, त्यहीभित्र बसेर आफ्ना भनाइ राख्दा खेरि त्यसको औचित्य पनि पुष्टि होला र सबै मान्य सदस्यहरूलाई मेरो अनुरोध विपक्षी बेन्च तर्फ।’

एमालेकी सांसद बरालले पनि प्रधानमन्त्रीको अभिव्यक्तिसँगै सरकारको काम कारबाहीप्रति आपत्ति जनाइन्। उनले ४० दिनदेखि प्रधानमन्त्रीसँग जवाफ खोजे पनि नपाएको, संसदको रेकर्डबाट नहटेको कुरा दोहोर्‍याइन्। उनले संसदमा सत्ता पक्षीय कुरा उठाउँदा रुलिङ हुने तर विपक्षीले लगातार एउटै विषयमा बोल्दा पनि सुनुवाइ नभएको भन्दै गुनासो गरिन्।

‘अभिव्यक्ति न संसदको रेकर्डबाट हटाइएको छ, न रुलिङ गरिएको छ, न क्षमायाचना गरिएको छ। यो विषयवस्तु संसदले कहिले हटाउँछ, सम्माननीय सभामुख महोदय? यो नियमावली प्रतिपक्षको लागि मात्रै बनाइएको हो?, बरालले अगाडि भनिन्, ‘यदि हो भने सत्तापक्षका माननीय मन्त्रीज्यूदेखि माननीय सम्माननीय प्रधानमन्त्रीज्यू सम्मका दस्तावेजमा एउटा शब्द लेखिदिनुहोस्, यो प्रतिपक्षको लागि मात्रै हो र सत्तापक्षको लागि होइन भनेर यो दस्तावेजमा उल्लेख गरिदिनुहोस्, होइन भने यो विषयमा सम्माननीय सभामुखमार्फत यो विषय रुलिङ गरिदिनुहोस्।’

सांसद बरालले सुकुम्बासीमाथि सरकारले गरेको व्यवाहार, साझा बसको रंग फेरेर चलाएको विषयमा पनि कुरा उठाइन्। ‘म सरकारलाई केही प्रश्न राख्न चाहन्छु।

सुकुम्बासी जनता हुन् कि होइनन्? उहाँहरूले बाच्न पाउने कि नपाउने? र उहाँहरुलाई २५ हजार पैसा हातमा थमाएर सडकमा धकेलिँदा मानव अधिकार हनन हुन्छ कि हुँदैन?, उनले अगाडि भनिन्, ‘बसको निलो रङ्ग फेर्ने बित्तिकै ७७ जिल्ला र ७५३ वटा स्थानीय तहमा चल्ने हो कि फेसबुकका भित्ता रङ्ग्याउनको लागि मात्रै सरकारले यो देखावटी गरिएको हो? १०० दिनमा लोकप्रियता कमाउनको लागि…।’

सांसद बरालले सरकारमाथि प्रश्न गरिरहँदा सभामुख अर्यालले बीचमै रोकेर ‘विषयवस्तुमा प्रवेश गरौँ’ भन्दै विषयान्तर गर्न खोजे।

अर्यालले भने, ‘मान्य सदस्यलाई मैले अघि समय दिँदैमा ध्यानाकर्षण गराएको थिएँ। विषयवस्तुमा प्रवेश गरौँ, विषयवस्तुमा मात्रै बोलौँ। सभाको मर्यादा कायम गरौँ, विषयवस्तु आइसकेको हुनाले मान्य सदस्य बसौँ।’

सरकारलाई प्रश्न गर्दै आफ्ना भनाइ राखिरहेकी सांसद बराल सभामुखको रुलिङपछि रोकिनन्। उनले आफूले विषयवस्तुमै बोलिरहेको दाबी गर्दै सरकारका काम कारबाहीप्रति आपत्ति जनाइन्। बरालले अगाडि भनिन्, ‘मैले विषयवस्तु नै मा बोलेको सम्माननीय सभामुखज्यू, मलाई चाहिँ केही समय दिनुस्। मैले चाहिँ सरकारलाई ध्यानाकर्षण नै गराउन खोजेको हो। १०० दिनभित्र लोकप्रियता कमाउनको लागि उभिएका छुट्टै च्याउ उम्रिए जस्तै उम्रिने हो कि यो दिगो विकासको लागि गरिएका कुराहरू हुन्, यो सरकारलाई सम्बन्धित निकायलाई सोध्न चाहन्छु।’

यसअघि रास्वपाले आफ्ना सांसदलाई सदनमा बोल्नुअघि विषयवस्तु देखाउन निर्देशन दिँदै ‘सेन्सरसिप’ लगाएको थियो।

अर्याल गत निर्वाचनमा रास्वपाबाट निर्वाचित भएर सभामुख भएका हुन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…