अ
+
अ
अ
-
काठमाडौँ- बिहीबार राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय युवा गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।
वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमार्फत उपचार भइरहेका मुगुको सोरु गाउँपालिका- १ का नेपालीको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो।
करिब ५५ प्रतिशत भाग जलेका उनको बिहान ११:२० मा निधन भएको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन्।
उनको निधनपछि यतिबेला प्रहरीले अस्पताल परिसरमा सुरक्षा व्यस्था कडा पारेको छ। प्रहरीले अस्पतालभित्र जानेलाई चेक गरेर मात्र प्रवेश गराएको छ।
वीरमा यतिबेला राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि पुगेको छ। टोलीले त्यहाँ पुगेर नेपालीको परिवार-आफन्त र अस्पतालका डाक्टरहरूसँग जानकारी लिइरहेको छ।
तस्बिरहरू:


भर्खरै
लोकप्रिय
