गणेशका आफन्तले बुझ्न मानिरहेका छैनन् शव, यस्तो छ वीर परिसरको माहोल (तस्बिरसहित)

गणेशका आफन्तले बुझ्न मानिरहेका छैनन् शव, यस्तो छ वीर परिसरको माहोल (तस्बिरसहित)
+
-

काठमाडौँ- यतिबेला राजधानी काठमाडौँको वीर अस्पताल परिसर शोकमग्न छ। वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएका गणेश नेपालीका परिवारजन, आफन्त र सर्वसाधारणले अस्पताल परिसरमा भीड बाक्लिएको छ।

मुगुको सोरु गाउँपालिका- १ का २५ वर्षीय नेपालीले बिहीबार राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। त्यसपछि उपचारका लागि वीर अस्पतालको बर्न आईसीयूमा पुर्‍याइएका उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो। तर, ५५ प्रतिशत भन्दाबढी भाग जलेका उनको उपचारका क्रममा निधन भयो।

उनको निधन भएसँगै परिवार र आफन्तले भने शव बुझ्न मानेका छैनन्। ‘राइड सेयरिङ’मार्फत जीविकोपार्जन गर्दै आएका नेपालीको बाइकमा नगर प्रहरीले ‘ह्वील लक’ लगाइदिएका कारण आत्मदह प्रयास गर्न बाध्य भएको उनको परिवार र आफन्तको दाबी छ।

वीर परिसरमा यतिबेला बाक्लो संख्यामा प्रहरी तैनाथ छन्। भीड बाक्लिरहँदा प्रहरीले भने पत्रकारलाई फोटो नखिच्न आह्वान गरिरहेको छ।

तस्बिरहरू:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…