- सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ केन्द्रीय रुपमा ल्याएर महिला उद्यमहरूलाई वित्तीय पहुँच उपलब्ध गराएको छ।
- यो योजनाअन्तर्गत, महिला उद्यमीहरूलाई विना धितो १५ लाख रुपैयाँसम्बधी, आंशिक धितोमा २५ लाख र पूर्ण धितोमा ५० लाखसम्मको कर्जा लीने सुविधा छ।
- बैंकले वित्तीय पहुँचलाई व्यवस्थित गर्न इन्टरनेशनल फाइनान्स कर्पोरेशनको सहयोगमा विशेष स्कोरकार्ड मूल्यांकन प्रणाली लागू गरेको छ।
काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सञ्चालनमा ल्याएको छ ।
महिला स्वामित्व वा नेतृत्वमा रहेका व्यवसायहरूलाई प्रोत्साहन गर्न बैंकले यो विशेष कर्जा योजना अघि सारेको हो ।
यस योजनाअन्तर्गत महिला उद्यमीहरूले विना धितो १५ लाख रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् । यसका साथै, आंशिक धितो राखेर २५ लाख रुपैयाँसम्म र पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्मको कर्जा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ ।
कर्जा प्रवाहलाई व्यवस्थित र विश्वसनीय बनाउन बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (IFC) को प्राविधिक सहयोगमा एउटा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको छ ।
यो प्रणालीले परम्परागत बैंकिङ्ग अभ्यास जस्तो धितोलाई मात्र मुख्य आधार नबनाई व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह तथा उद्यमीको क्षमता जस्ता पक्षहरूको समग्र विश्लेषण गर्नेछ ।
यस नवप्रवर्तनकारी व्यवस्थाले धितो अभावकै कारण वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै व्यवसायको वास्तविक सम्भावनालाई प्राथमिकता दिने विश्वास बैंकले लिएको छ ।
यस कर्जा योजनाका बारेमा थप बुझ्न वा जानकारी लिन इच्छुक ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ को फोन नम्बर ०१-५९७००२० वा ईमेल [email protected] मार्फत सम्पर्क गर्न सक्नेछन् ।
भर्खरै
लोकप्रिय
