राङ्सीस्थित अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

राङ्सीस्थित अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते
सांकेतिक तस्बिर।
+
-

हुम्ला- जाजरकोटको भेरी नगरपालिका- २ को राङ्सीस्थित अस्थायी टहरामा पहिरो पसेपछि एक वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार गए राति करिब ७ बजे माथिबाट खसेको पहिरोले टहरा पुरिँदा ७१ वर्षीया वृद्धा जसीकुमारी शाहीको मृत्यु भएको हो ।

घटनामा कुशे गाउँपालिका–५, दमदालाकी ३५ वर्षीया सीता शाह थापा र उनकी सात वर्षीया छोरी मेनुका थापा घाइते भएकी छन् । स्थानीयले घाइते आमा–छोरीको उद्धार गरेका थिए । हाल उनीहरूको अवस्था सामान्य रहेको छ ।

उद्धार गरिएका सीता र मेनुका मृतक शाहीकी छोरी र नातिनी रहेका छन् । जाजरकोट भूकम्पपछि घर भत्किएपछि उनीहरू सरकारले निर्माण गरिदिएको अस्थायी टहरामा बस्दै आएका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पाँचकाटियाबाट प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…