- प्रधानमन्त्री वालेन्द्र शाह विवादास्पद सीमासम्बन्धि अभिव्यक्ति दिएपछि पहिलोपटक संसदमा उपस्थित भएर २० मिनेटमा बाहिरिएका छन्।
- विपक्षी दलले शाहको अभिव्यक्तिको विरोध गर्दै संसदमा त्यसलाई सच्याउन निरन्तर माग राख्दै आएका छन्।
- परराष्ट्रमन्त्री खनालमार्फत स्पष्टीकरण आए पनि विपक्षी दल सन्तुष्ट नभएको र शाहले संसदलाई बेवास्ता जारी राखेका छन्।
काठमाडौँ– सीमासम्बन्धी विवादस्पद अभिव्यक्ति दिएपछि पहिलोपटक संसद्मा उपस्थित भएका प्रधानमन्त्री वालेन्द्र शाह आधा घण्टा पनि संसदमा नबसी निस्किएका छन्।
संसदीय मर्यादाको उल्लंघन गर्दै संसद् बैठक छिरेका शाह करिब २० मिनेट बसेर संसद्बाट निस्किएका हुन्। संसद्मा शाह र रास्वपाका सभापति रवि लामिछाने सँगै उपस्थित भएका थिए।
लामिछाने भने संसद्मै रहेका छन्।
गत जेठ १७ गतेको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी भएर पहिलोपटक संसद् बैठकलाई सम्बोधन गर्नेक्रममा उनले नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्दै विवादास्पद अभिव्यक्ति थिएका छन्।

उनले उक्त सीमासम्बन्धी अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ। संसद्मा प्रतिपक्षी दलले जेठ १७ गतेदेखि निरन्तर प्रधानमन्त्रीले भनाइ सच्याउनुपर्ने माग गर्दै आएका छन्।
संसद्मा निरन्तर विरोध गर्दै सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दा पनि शाहले भने संसद्लाई कुनै वास्ता गरेका थिएनन्। उनले परराष्ट्रमन्त्री शिशिर खनालमार्फत आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिन लगाएका थिए।
प्रतिपक्षी दलले खनालमार्फत दिइएको स्पष्टीकरणमा चित्त बुझाएका छैनन्। शाहले भने निरन्तर संसद्लाई बेवास्ता गर्दै आइरहेका छन्। मंगलबार संसद् बैठक सुरु भएको निकै ढिला गरी उपस्थित भए पनि २० मिनेट नबसी निस्किएका छन्।
भर्खरै
लोकप्रिय
