जनकपुरधाम – मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीचको सत्ता सहकार्य यथावत रहने भएको छ।
बिहीबार कांग्रेस, एमाले र नेकपाका संसदीय दलका नेताहरूकाे संयुक्त बैठकले सत्ता सहकार्यलाई निरन्तरता दिने निर्णय गरेको हो।
कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमालेका संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता युवराज भट्टराईबीच भएको बैठकले हालको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको हो।
नेकपाका दलका नेता एवं अर्थमन्त्री भट्टराईले अन्य प्रदेशमा नेकपा एमालेसँगको सहकार्यलाई नेपाली कांग्रेसले तोडे पनि मधेस प्रदेशमा विशिष्टीकृत रुपमा सरकार निर्माण भएको कारणले यसलाई निरन्तरता दिने निर्णय भएको बताए। उनले मधेसमा तीन दलकै सरकारलाई निरन्तरता दिने आफूहरूले निर्णय गरेको बताए।
एमाले दलका नेता यादवले आफूहरू मिलेरै बजेट पारित गरेको र अब मिलेरै अगाडि बढ्ने बताए।
भर्खरै
लोकप्रिय
