अ
+
अ
अ
-
काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि र फिल्ड भ्रमण भत्तालाई समयसापेक्ष बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले स्वकीय सचिवहरूको पारिश्रमिकलगायतका सुविधाका विषयमा सरकार उदार रहेको बताएका हुन्।
उनले फिल्ड भ्रमणका क्रममा उपलब्ध गराइने भत्तालगायतका सुविधाहरूलाई आवश्यक विधि र प्रक्रिया पुर्याएर समयानुकूल बनाउन सरकार नकारात्मक नरहेको उल्लेख गरे।
उनले भने, ‘अब यो हामी तलब वृद्धिको कुरा छ, हरेक सांसदको स्वकीय सचिवदेखि लिएर सबै कुरामा हामी उदार नै बनिरहेका छौँ। त्यस मानेमा यो जुन फिल्ड भिजिटहरूको हुँदाखेरिको भत्ताजस्ता कुराहरु छन् त्यसलाई विधि पुर्याएर समयानुकूल बनाउनमा हामी नकारात्मक छैनौंँ।’
भर्खरै
लोकप्रिय
