मोरङमा ट्राफिक नियम उल्लंघनबापत १ करोड ८५ लाखभन्दा बढी राजस्व संकलन

+
-
देशसञ्चार AI सारांश
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा ट्राफिक उल्लंघनबाट १ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन गर्यो।
  • अघिल्लो वर्षहरूको तुलनामा यस वर्ष ट्राफिक उल्लंघनबाट संकलित रकम र कारबाही गरिएको सवारीको संख्या घटेको छ।
  • विराटनगर महानगरमा सिटी सफारीको संख्या बढ्दा १ हजार ६५१ वटा सवारी कारबाहीमा परेको र दुई चक्के मोटरसाइकलमा पनि कमी आएको छ।

मोरङ – जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा ट्राफिक नियम उल्लंघन गरेकाहरूबाट १ करोड ८५ लाख ८६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेका अनुसार आर्थिक वर्षको अन्तिमदिनसम्म नियमविपरित र अन्य कारबाही परेका सवारीबाट सो राजश्व रकम संकलन भएको हो।

यद्यपि, सो रकम अघिल्लो चार वर्षको तुलनामा कम रहेको छ। यसअघि, आर्थिक वर्ष २०८१/ ०८२ मा ३ करोड ३३ लाख, आर्थिक वर्ष २०८०/ ०८१ मा ३ करोड ९३ लाख, आर्थिक वर्ष २०७९/०८० मा ४ करोड ८७ लाख र आर्थिक वर्ष ०७८/०७९ मा ४ करोड ५७ लाख रुपैया बढि राजश्व संकलन भएको थियो।

यस अनुपातमा आर्थिक वर्ष ०८२/०८३ मा राजश्व कम संकलन भएको हो। कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक न्यौपानेले यस अवधिमा नियमविपरीत चलेका सवारीको कार्वाहीपनि कम भएको बताए। अघिल्लोवर्षहरुमा ४४ हजार देखि ७१ हजारको संख्या सवारी कार्वाहीमा पर्ने गरेको बताएका न्यौपानेले गत आर्थिक वर्ष २०८२/०८३ मा १९ हजार ४ सय ३३ वटा कार्वाही भएको बताए।

उनले भने, ‘यसअवधिमा सवारी चालकलाई दिएको सचेतनात्मक कार्यक्रमसंगै विभिन्न समयमा गरिएको सवारी चेकजाँचले समेत काम गरेको देखियो। हामीले पछिल्लोसमय जिल्लाका विभिन्न स्थानमा लागुपदार्थ सेवनको चेक, मादकपदार्थको चेक, सिटी सफारीको लाइसेन्स प्रक्रियामा जोड, सिटी सफारीलाई पहिचात्मक ज्याकेट दिएका छौ। यसलेपनि सवारी कार्वाहीलाई कम गराएको हुनसक्छ।’

कार्यालयका अनुसार यस अवधिमा विराटनगर महानगरमा बढ्दो सिटी सफारीको चापसंगै १ हजार ६ सय ५१ वटा कार्वाहीमा परेका छन्।जुन अघिल्लो वर्ष ३ हजार १ सय ७१ वटा रहेको थियो। त्यसैगरि, २०८२/०८३ मा दुई चक्के मोटरसाइकल ५ हजार ९ सय ४ वटा कार्वाहीमा परेको बताएका न्यौपानेले अघिल्लो वर्ष ११ हजार १ सय १६ वटा कार्वाहीमा परेको बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…