अ
+
अ
अ
-
म एक आइमाई बसको सिट नं. १२ मा बसेर
वीरेको सपना र रेडियोको समाचार सुन्दै
मैले चिनेको सहर पुग्दा
हाकिम, म र त्यो साँझ
पुनरावृत्ति भएजस्तो लाग्यो ।
त्यो पानी परेको मध्यरात
र खुल्ला झ्यालभित्रको उज्यालो
अम्बाको बोटमुनि बसेर नियाल्दा
खै किन हो एक्कासी अंशवण्डा भएपछि
मासुको तिर्सना लागेको
बाबाले सुनाउँनु भएको कथा सम्झना भयो ।
त्यतिकैमा पर बाट बाजी विजेताझैं बुधनको घोडी
कुदाउँदै आएकी एक युवती
मेरो अगाडि टक्क अडिएर
मम्मी मलाई किन छोड्नु भको?
सोध्दा झसंग भएँ।

(मन्दिरा मधुश्रीको बुधनको घोडी लघुकथा संग्रह पढेपछि)
भर्खरै
लोकप्रिय
