डा. मणिभद्र मुनिसँग भिडियो अन्तर्वार्ता

‘मासिक ६ करोड भारु त्याग्नु केही होइन, इच्छा त्याग्न सक्नुपर्छ’

+
-

नेपालको स्याङ्जामा जन्मेका डा. मणिभद्र मुनि जैन परम्परामा ४० वर्षदेखि संलग्न छन्। नेपाल केशरी उपाधिले सुशोभित डा. मुनि जैनमार्गकै ज्ञान र परम्पराका लागि विश्वका विभिन्न स्थानमा भ्रमण गरिरहन्छन्। उनले मानव जातिको सम्बृद्धि र भाइचाराका लागि ‘मानव मिलन’ अभियान समेत चलाइरहेका छन्।

साधुमार्ग आत्मकल्याणको मार्ग भए पनि सामाजिक कार्यमा लाग्नु आवश्यक रहेकाले आफूले मानव मिलन अभियान चलाइरहेको उनी बताउँछन्।

जैन मुनिहरु सुखसुविधाको मार्ग छाडेर पैदलयात्रा गर्छन्। यद्यपि पैदलमार्गले आफूलाई माटोसँग जोडेको र आम मानिसका दुखहरुलाई नजिकबाट साक्षात्कार गर्न पाएको डा. मुनि बताउँछन्।

अध्यात्म भनेको कुनै धार्मिक भेष अंगिकार गर्नु नभई आत्मको अनुभूति गर्नु रहेको बताउँछन् उनी। गृहस्थ जीवन र सांसारिकतामा रहेरै पनि अध्यात्मको अभ्यास गर्न सकिने भन्छन् डा. मुनि।

‘निरन्तर आत्माको अनुभूति गर्न सजिलो हुँदैन,’ उनले अन्तर्वार्ताका क्रममा भने, ‘यद्यपि हरेक काममा ध्यानपूर्वक गर्ने बानी बसाल्न सके यसको अभ्यास गर्न सकिन्छ।’

धनसम्पत्तिको भन्दा इच्छालाई त्याग गर्नु ठूलो रहेको बताउने डा. मुनि सबैमा सम्यक दृष्टि आउनुपर्ने बताउँछन्। केही महिनाअघि रिलायन्स ग्रुपको ६ करोड भारुको जागिर छाडेर जैन भिक्षु बनेका प्रकाश शाहको प्रसंगमा डा. मुनिले भने- धनसम्पत्ति त्याग गर्नु ठूलो कुरा होइन, इच्छाआकांक्षा र तृष्णा त्याग गर्न सके बल्ल अध्यात्म यात्रामा लाग्न सकिन्छ।

प्रकृतिप्रति मनुष्यले गरेको अत्याधिक दोहनले महामारी निम्तिने उल्लेख गर्दै अहंकार र दम्भ गर्ने व्यक्तिले पनि करोडौँ खर्च गरेर श्वास किन्न नसक्ने उनले अन्तर्वार्ताका क्रममा भने।

उनीसँग मनोज दाहालले लिएको विस्तृत अन्तर्वार्ता:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?