प्रकाशकीय

हाम्रो कृतज्ञता

हाम्रो कृतज्ञता
+
-

चार वर्षअघि हामी एउटा अठोटका साथ देश सञ्चार डट कमका रुपमा पत्रकारितालाई धर्म र व्यवसायका रुपमा अस्तित्वमा आएका थियौँ। सत्य, तथ्य र विचार प्रशारणको माध्यम बन्दै नेपाली सार्वभौमसत्ता, स्वतन्त्रता र हितको पक्षमा उभिने हाम्रो अठोटले यी चार वर्षमा मुलुकका विविध र ठूलो जनसंख्याबाट अनुमोदन पाएका छौँ। त्यो हाम्रो शक्ति र अठोटको प्राण हो।

हामीलाई सकारात्मक र आलोचनात्मक सुझाव दिने पाठकहरुप्रति हामी अनुगृहित छौँ। यो सानो अवधिमा र कोभिड–१९ महामारीको मारमै रहेर पनि विज्ञापनमार्फत हाम्रो अठोटप्रति समर्थन जनाउने उद्योग, व्यापारी र विभिन्न संस्थाको सहयोगको मर्म र अर्थ पनि हामीले बुझेका छौँ।

निषेधको राजनीति र सामाजिक व्यवहार जस्तै निषेधको पत्रकारिता यो व्यवसायप्रतिको गद्दारी हो। सञ्चारका मुखियाहरुले बोकेको धारणा र मतभन्दा फरक मत, ती मतलाई खण्डन गर्ने वास्तविक घटनालाई ठाउँ दिनु हुन्न भन्ने अभ्यास नेपाली पत्रकारितामा त्यति नै मात्रामा देखिन्छ जति पीत पत्रकारिता र ‘ब्ल्याक मेल’ पत्रकारिता।

राजनीति र प्रशासनमा जवाफदेही शून्य हुँदा र भ्रष्टाचार मौलाउँदा, सार्वभौमसत्तामा ग्रहण लाग्ने गरी मुलुकमा बाह्य हस्तक्षेप बढ्दा पत्रकारितासमक्ष चुनौती बढ्नु स्वाभाविक हो। त्यसप्रति समर्पण भाव देखाउनु या त्यसबाट उत्पन्न हुने खतराबारे सार्वभौम नागरिकलाई सूचित गर्नुबाहेक अन्य विकल्प हामीसँग उपलब्ध छैन।

हामीले सबै किसिमले दोस्रो विकल्प रोजका छौँ। पाँचौँ वर्षमा प्रवेश र नयाँ वर्ष सन् २०२२ यो अवसरमा हामी समस्त पाठकहरुको अभिभावकीय भूमिका र रचनात्मक आलोचनासँगै मार्गदर्शनको भूमिकामा निरन्तरता चाहन्छौँ।

धन्यवाद!

 

रवीनकुमार दाहाल

अध्यक्ष

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…