भिडियाे अन्तर्वार्ता

सधैँ खुसी बन्ने उपाय के होला?

+
-

बौद्ध धर्मका अनुशासन सिकाउँदै देशविदेश घुमिहिँड्ने छोग्याल रिम्पोछेले थुप्रै सामाजिक काममा पनि हात हालेका छन्। उनले खोलेको संस्था बीआईए फाउन्डेसनले जोरपाटी र कीर्तिपुरमा शारिरीक अपाङगहरूलाई हस्तकलाको तालिम दिइरहेको छ। तालिममात्र नि:शुल्क दिने होइन, बीआईए फाउन्डेसनले उनीहरूलाई खानबस्नका साथै मासिक पकेटमनी पनि दिने गरेको छ।

बीआईएको पूरा रूप ‘बोधिसत्त्व इन एक्सन’ हो। छोग्याल रिम्पोछेका शब्दमा बोधिसत्त्व भनेको निसर्त सेवा गर्नु हो जुन काममा अर्थात एक्सनमा सम्भव हुनसक्छ।

छोग्याल रिम्पोछेले देशसञ्चारमा दिएको २० मिनेट लामो अन्तर्वार्तामा खुसी दुई प्रकारको: तात्कालीन र दीर्घकालीन गरी दुईप्रकारको हुने उल्लेख गर्दै दीर्घकालीन खुसीका लागि केही उपाय पनि सेयर गरेका छन्।

उनले आफूले गरेका अन्य कामहरुको पनि जानकारी दिँदै अन्तर्वार्तामा भनेका छन्- मानिसको खोजी भनेको सुख हो तर उसले त्यो बाहिरबाहिर खोजिरहेको छ, जब उसले आफ्नो फोकस बाहिरभन्दा भित्र केन्द्रित गर्नथाल्छ, उसले वास्तविक र दीर्घकालीन खुसी पाउन सक्छ।

छोग्याल रिम्पोछेको पूर्ण अन्तर्वार्ता:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?