अ
+
अ
अ
-
ढकढक ढकढक
भित्र कसैले ढकढक्याइ रहेछ
महाशून्यको अवस्थादेखि
तिम्रो ज्ञानको अन्तिम परिधिमा रहेको
महा-विस्फोटको समयभन्दा पनि
पहिलेदेखि नै
वा भनौं
तिमीले कल्पना गरेको
स्पेस र टाइमको सुत्रले
तिम्रो ज्ञानलाई जड बनाउनुभन्दा पहिलेदेखि नै ।
यी प्रश्नहरू अनुत्तरित छन्
“म” जन्मने बित्तिकै
त्यो “म” जीवनको कि मृत्युको यात्रामा हुन्छ?
बुद्धिले भेटेको “म” कि
“अहम् ब्रह्मास्मि” पूर्ण हो ?
कि झुसिलकिराबाट पुतली बन्ने महारुपान्तरणमा
अज्ञातै
पृथ्वीमा अवतरणदेखि
महांकाल हो कि “डिप ब्ल्याक होल” सम्मको
महायात्रामा छ यो काया ?
शून्य ……महाशून्य छ जताततै
अहं ब्रह्मास्मि !!??
वा
तत्त्वमसि !!??
वा
अयम् आत्मा ब्रह्म !!??
वा
प्रज्ञानं ब्रह्म !!??
वा
सर्वं खल्विदं ब्रह्मम् !!??
अथातो ब्रह्म जिज्ञासा !! ?? अथातो ब्रह्म जिज्ञासा !! ??
भर्खरै
लोकप्रिय
