फुर्सद नहुँदा खाना खाने समयमा कविता लेख्छुः डा. यमबहादुर रोका

फुर्सद नहुँदा खाना खाने समयमा कविता लेख्छुः डा. यमबहादुर रोका
+
-

काठमाडौँ– वरिष्ठ न्यूरो सर्जन डा. यमबहादुर रोकाकाे कविता सङ्ग्रह ‘१०८ पोयमस्’ सार्वजनिक भएको छ।

डा. रोकाको पुस्तक ‘१०८ पोयमस्’ बिहीबार कुञ्ज थियटरमा एक समारोहबीच सार्वजनिक गरिएको हो।

पुस्तक सार्वजनिक कार्यक्रममा आफूले सानै उमेरमा कविता लेख्न थालेको भएता पनि एमबीबीएस पढ्न थालेपछि कविता लेखनलाई मनको एक कुनामा गाँठो पारेर राखेको उनले बताए। उनले भने,‘पढाईका कारण मैले कविता लेखनलाई  ब्रेक लगाएको थिएँ, जसलाई फेरि सुरु गरेको छु।’

मस्तिस्कको सर्जरी गर्ने डाक्टरलाई कविता कसरी फुर्ने गर्छ भनेर धेरैले सोध्ने गरेको उनले बताए। डा. रोकाका अनुसार कविता भनेको दिमागबाट होइन मनबाट निस्कनु पर्दछ। आफ्नो कार्य व्यस्तताका कारण कविता लेख्ने फुर्सद नहुने हुँदा खाना खाने समयमा लेख्ने गरेको उनले बताए। उनले भने,‘कहिले काहिँ त म राति उठेर समेत लेख्ने गर्छु।’

पुस्तकमा १०८ वटा कविता समावेश गरिएको बताउँदै डा. रोकाले भने,‘हिन्दु धर्ममा होस् वा अन्य कुनै धर्ममा होस् १०८ जप माला हुने गर्दछ, जसलाई अत्यन्तै पवित्र मानिन्छ, मेरा लागि यो पुस्तक पहिलो माला बन्न पुगेको छ’, उनले थपे, ‘कविता एउटा फिलिङ्स्, इमोसन्सलाई सजिलैसँग एस्प्रेस गर्ने माध्यम हो।

पिस बुक प्रा.लिले बजारमा ल्याएको पुस्तकको मुल्य ३९९ रुपैयाँ रहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…