कांग्रेसमा वरियताको विवाद 

नेपाली कांग्रेस नेपालका अन्य राजनीतिक दलहरु जस्तै अर्थहिन विवादको रंगमञ्च बनेको छ। अहिले पार्टीमा नेताहरुको ‘वरिष्ठता’ परिभाषित भएपछि र त्यो प्रयासमा अध्यक्ष पदमा शेरबहादुर देउवासँग पराजित शेखर कोइरालालाई आन्तरिक मर्यादाक्रममा २० नम्बरमा राखिएपछि विवाद सुरु भएको देखिन्छ यसपल्ट।

यी विवाद आफैमा अर्थपूर्ण र मौलिक हुन् या हैनन्, त्यो एउटा पक्ष हो। तर नेपाली कांग्रेसमा पार्टीको आदर्श र मर्यादा बोक्न या प्रतिनिधित्व गर्न नसक्नेहरुको भिड बढ्दै जाँदा र प्राय: सबै नेताहरुले ‘वरियता’ का नाममा आफूलाई माथि राख्ने चाहना खुला रुपमा प्रदर्शन गर्दै आएको परम्परा बोकेको नेपाली कांग्रेसमा अहिलेको विवाद अर्थहीन बन्न पुगेको छ।

पार्टीका वरिष्ठतम नेता केबी गुरुङको पाँच वर्षे कार्यसमिति सदस्यता उनले वरियताकै विवादका कारण कुनै माइन्यूटमा हस्ताक्षर नै नगरी समाप्त भयो। रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समेतलाई गुरुङभन्दा माथि राखियो।

विदेशीहरुका दास र उनीहरुका एजेन्डा पार्टी र मुलुकमाथि लगाउनुलाई नै बिपीको मेलमिलापको विकल्पका रुपमा स्थापित गर्न भूमिका खेल्नेहरु अहिले नेपाली कांग्रेसमा ‘आधिकारिक’ रुपमा सम्मानित छन्। त्यसमा आश्चर्य मान्नुपर्ने कारण छैन।

शेखर कोइरालादेखि गगन थापासम्म सबैका लागि सम्मानजनक र उचित रुपमा उभ्याउनुपर्ने विवाद बनेन त्यो। गुरुङको मामला अपवाद थिएन।

विदेशीहरुका दास र उनीहरुका एजेन्डा पार्टी र मुलुकमाथि लगाउनुलाई नै बिपीको मेलमिलापको विकल्पका रुपमा स्थापित गर्न भूमिका खेल्नेहरु अहिले नेपाली कांग्रेसमा ‘आधिकारिक’ रुपमा सम्मानित छन्। त्यसमा आश्चर्य मान्नुपर्ने कारण छैन।

निकटतम पराजितसँग अध्यक्ष, उपाध्यक्ष र महासचिव पदका सबै (पराजित) उम्मेदवारहरु तथा ‘वरिष्ठ’ ‘रणछोड दास’ हरु लाई कार्यसमितिमा अध्यक्षले मनोनीत गर्ने कुपरम्परा भित्रिएपछि भोलि आन्तरिक निर्वाचनकै सान्दर्भिकता र औचित्य पनि समाप्त हुने छ। लडेर बहुमत ल्याउनुभन्दा पराजयबाट पार्टीमा नीति निर्धारणको उच्चतम तह अर्थात केन्द्रीय समितिमा ठाउँ पाउने पक्का भएपछि चुनावमा हार्नेहरु बढी सम्मानित हुने निश्चित छ।

‘प्रोटोकल’ या वरियताको अर्थ अध्यक्ष नजिकको कुर्सीमा को बस्ने भन्ने विषयभन्दा पार्टीको नीति, सिद्धान्त र परम्परा भुल्न कसले दिदैन, त्यस्ता व्यक्तिहरुले सम्मानित महशुस गर्नु आवश्यक हुन्छ। तर, दुर्भाग्य नेपाली कांग्रेसका नेताहरुको ‘सम्मान’ को नयाँ शैली र संस्कारमा ‘भुइँफुट्टा’ हरुको वर्चस्व बन्ने र बढ्ने छ। सिद्धान्त र इतिहासबाट विचलित पार्टीको नियति अर्को हुन सक्दैन।

पुस १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्