जेट स्ट्रिम नेपालमाथि, हावाले बढार्‍यो वायुमण्डलको धुलो

जेट स्ट्रिम नेपालमाथि, हावाले बढार्‍यो वायुमण्डलको धुलो
फाइल तस्बिर
+
-

काठमाडौँ – यो हिउँदमा अहिलेसम्म पानी नपरे पनि वायुमण्डलमा जम्मा भएका धुलोका कण आंशिक रुपमा हट्ने गरी हावा चल्दा काठमाडौँ उपत्यकासहितमा आकाश खुल्नुका साथै वायुमण्डल सफा देखिएको छ।

मौसमी गतिविधिको अनुगमन गर्दै आएका विज्ञका अनुसार वायुमण्डलको ठीक माथि रहने तीव्र गतिमा हावा चल्ने क्षेत्र जेट स्ट्रिम अर्थात सानो आकारको ब्याण्ड नेपालमाथि रहेकाले धुलोका कण बढारिने गरी हावा चलेको हो।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतगको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार वायुमण्डल सफा हुनुमा जेट स्ट्रिमको प्रमुख भूमिका रहेको छ।

‘जेट स्ट्रिम नेपालमाथि छ। त्यसले सतहसम्म हावा चल्न सहयोग गरेको छु,’ पोखरेलले भने, ‘त्यसले वायुमण्डलमा रहेका धुलोका कण सफा गर्न ठूलो सहयोग गरेकाले वरपरका पहाड स्पष्ट देखिएका छन्। काठमाडौँबाट हिमाल देखिने गरी मौसम खुल्नुमा त्यसकै सहयोग हो।’

पृथ्वीको सतहबाट १० देखि १५ किलोमिटर माथि अर्थात वायुमण्डलभन्दा माथिल्लो तहमा सानो आकारको हावा चल्ने क्षेत्र रहन्छ, त्यसलाई जेट स्ट्रिम भनिन्छ। सो जेट स्ट्रिम अहिले नेपालमाथि रहेको र त्यहाँ ६५ मिटर प्रतिसेकेण्डको गतिमा हावा चलेको र त्यसको प्रभावले सतहसम्म पनि करिब पाँच मिटर प्रतिसेकेण्डको गतिमा हावा चल्दा धुलो बढारिन सहयोग पुगेको पोखरेलले बताए।

‘आद्रता भएको भए पानी पर्ने थियो। घमाइलो दिन हुँदा पानी परेन तर हावा चल्यो,’ उनले भने। चिसो क्षेत्रबाट तातोतर्फ हावा बहने गर्छ। घाम लागेको तथा आद्रता नहुँदा काठमाडौँसहितका क्षेत्रमा हावा चल्न सहयोग पुगेको हो।

यो हिउँदमा अहिलेसम्म मौसम खुल्ने गरी वा खेतीपातीलाई हुने गरी पानी परेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बेलुकादेखि पश्चिम हुँदै पानी पर्ने प्रणाली भित्रिने देखिएको छ। महाशाखाका मौसमविद् सन्दीप अधिकारीले भने, ‘सोमबारदेखि पानी पर्न सक्छ तर सो प्रणाली काठमाडौँसम्म आइपुग्न भने केही दिन लाग्छ।’

त्रिविअन्तर्गतको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक पोखरेलका अनुसार भने केही दिनयता मौसमी गतिविधि निरन्तर परिवर्तन भइरहेकाले आँकलन मिल्ने सम्भावनामा केही शंका छ।

उनले भने, ‘काठमाडौँसम्म पानी पर्ने प्रणाली आउन शुक्रबारसम्म लाग्न सक्छ। तर अहिले नै भन्न सकिने अवस्था छैन।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…