- Pedal Group ले Nexara by Pedall को लागि माइक्रोसफ्टबाट २.५ मिलियन अमेरिकी डलरको लगानी प्राप्त गरेको दाबी गर्यो।
- Nexara प्रणाली HR, CRM र परियोजना व्यवस्थापनलाई एकीकृत गर्ने “Prompt-Driven” सुविधाले प्रयोगकर्तालाई सजिलो बनाउँछ।
- लगानीको अन्त्यमा, April Fool’s Day को रूपमा गरिएको “मजाक” भएको भन्दै शुभकामना दिइएको छ।
काठमाडौं– नेपालको प्रविधि क्षेत्रमा एक ऐतिहासिक फड्को मार्दै Pedal Group ले आफ्नो अत्याधुनिक AI उत्पादन Nexara by Pedall का लागि माइक्रोसफ्टबाट २.५ मिलियन अमेरिकी डलर (करिब ३३ करोड नेपाली रुपैयाँ) को रणनीतिक लगानी प्राप्त गरेको छ।
यो लगानीले विशेष गरी मानव संसाधन (HR), ग्राहक सम्बन्ध व्यवस्थापन (CRM), र परियोजना व्यवस्थापन जस्ता विधालाई एउटै उन्नत AI-सक्षम प्रणालीमा एकीकृत गर्ने Nexara को लक्ष्यलाई थप सुदृढ बनाएको छ।
Nexara को मुख्य विशेषता यसको “Prompt-Driven” प्रणाली हो, जहाँ प्रयोगकर्ताले जटिल प्राविधिक ज्ञान बिना नै सरल प्राकृतिक भाषाको निर्देशन (prompt) मार्फत सफ्टवेयरलाई आफ्नो आवश्यकता अनुसार परिमार्जन र सञ्चालन गर्न सक्छन्। परम्परागत जटिल सफ्टवेयर कार्यप्रवाहलाई विस्थापित गर्दै यसले भर्ती प्रक्रिया, CRM स्वचालित गर्ने र परियोजना व्यवस्थापनलाई एउटै स्मार्ट प्रणालीमा एकीकृत गर्दछ।
यस परिवर्तनलाई आत्मसात गर्दै माइक्रोसफ्टका CEO सत्य नाडेलाले Nexara को प्रशंसा गर्दै यसलाई संवादात्मक र अनुकूलनीय सफ्टवेयरको नयाँ युगको संज्ञा दिनुभएको छ।
Pedal Group का CEO बिज्ञान गुप्ताका अनुसार यो लगानीले सफ्टवेयरलाई केवल उपकरणको रूपमा नभई एक ‘सहकर्मी’ को रूपमा विकास गर्ने कम्पनीको दृष्टिकोणलाई पुष्टि गरेको छ। तर, प्रविधि र लगानीको यो उत्साहजनक समाचारको अन्त्यमा कम्पनीले एक रोचक मोड दिएको छ। प्रेस विज्ञप्तिको अन्तिम खण्डमा यो घोषणा एप्रिल फूल (April Fool’s Day) को उपलक्ष्यमा गरिएको एक “हल्का मजाक” भएको उल्लेख गर्दै सबैलाई शुभकामना दिइएको छ।
भर्खरै
लोकप्रिय
