गोल्छा ग्रुपद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५ करोड सहयोग

गोल्छा ग्रुपद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५ करोड सहयोग
+
-
देशसञ्चार AI सारांश
  • गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५ करोड रुपैयाँ सहयोग गर्दै बाल स्वास्थ्य सेवामा योगदान पुर्‍याएको छ।
  • समूहको सामाजिक उत्तरदायित्व अन्तर्गत, सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने किओचको लक्ष्यलाई सघाउने प्रयास गरिएको हो।
  • अध्यक्ष शेखर गोल्छाले बाल अस्पताल अभियानमा संलग्न भएर गर्व महसुस गरेको र प्रा.डा. भगवान कोइरालाले आभार प्रकट गरेका छन्।

काठमाडौ- नेपालको प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले ग्रुपले यो सहयोग रकम उपलब्ध गराएको हो। बुधबार आयोजित एक कार्यक्रमका बीच गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत यो सहकार्य सुरु गरिएको गोल्छा ग्रुपले जनाएको छ। देशभरका बालबालिकाहरूलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ स्थापना भएको किओचले हाल सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने गुरुयोजना अघि सारेको छ।

यो सहयोगले कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौंमा सञ्चालन भइरहेका अस्पतालका साथै अन्य प्रदेशमा हुने निर्माण कार्यमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष शेखर गोल्छाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने अभियानमा जोडिन पाउँदा गर्व महसुस भएको बताए। त्यस्तै, प्रा.डा. भगवान कोइरालाले यो सहयोगबाट हजारौं बालबालिकाहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने उल्लेख गर्दै गोल्छा ग्रुपप्रति आभार प्रकट गरे।

नेपालको सबैभन्दा पुरानो र अग्रणी व्यावसायिक समूह गोल्छा ग्रुपले यसअघि पनि रामलाल गोल्छा आँखा अस्पताल, टिच फर नेपाल र नेपाल एम्बुलेन्स सर्भिस जस्ता विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…