- जेडटिई ले नेपालमा ‘रेड म्याजिक ११ प्रो’ स्मार्टफोन लन्च गरेको, जुन ग्लोबल गेमिङ ब्रान्डको पहिलो औपचारिक प्रवेश हो।
- फोनमा स्न्यापड्रागन ८ एलीट जेन ५ प्रोसेसर, १६ जिबी ऱ्याम र ५१२ जिबी स्टोरेज देखाइएको छ।
- अग्रिम बुकिङ गर्नेहरूलाई रु ५,००० क्यासब्याक र रेड म्याजिक गेमिङ कन्सोल नि:शुल्क दिइने अफर छ।
काठमाडौ- ग्लोबल टेक कम्पनी जेडटिईले आफ्नो नयाँ गेमिङ फ्ल्यागशिप स्मार्टफोन ‘जेडटिई रेड म्याजिक ११ प्रो’ औपचारिक रूपमा नेपाली बजारमा ल्याएको छ।
नेपालमा तीव्र रूपमा बढ्दै गएका मोबाइल गेमर र पावर प्रयोगकर्ताहरूलाई लक्षित गरी यो फोन डिजाइन गरिएको हो। यससँगै विश्वव्यापी रूपमा चर्चित रेड म्याजिक गेमिङ ब्रान्डले नेपालमा पहिलोपटक औपचारिक प्रवेश गरेको छ।
यो स्मार्टफोनमा स्न्यापड्रागन ८ एलीट जेन ५ प्रोसेसर, १६ जिबी ऱ्याम र ५१२ जिबी स्टोरेज रहेको छ, जसले अत्यन्त स्मूथ गेम प्ले सुनिश्चित गर्दछ। फोनमा १४४ हर्ट्ज रिफ्रेस रेट सहितको ६.८५ इन्च एमोलेड डिस्प्ले छ, जसले ९५.३% स्क्रिन-टु-बडी रेसियो प्रदान गर्दछ। सुरक्षाका लागि यसमा थ्रीडी अल्ट्रा सोनिक इन-डिस्प्ले फिंगर प्रिन्ट सेन्सर र पानीबाट बचाउन आइपी ६८ वाटर रेसिस्टेन्सको सुविधा समेत रहेको छ।
गेमिङका क्रममा फोन तातिने समस्या समाधान गर्न यसमा ‘लिक्विड इन्जेक्टेड कुलिङ’ र १३११६ mm^2 भेपर च्याम्बर सहितको एडभान्सड कुलिङ आर्किटेक्चर प्रयोग गरिएको छ। यसको डबल साइडेड हिट कण्डक्सनले ५०% ताप बाहिर निकाल्न मद्दत गर्दछ। लामो समयको गेमिङका लागि यसमा ७५०० एमएएचको शक्तिशाली ब्याट्री र ८० वाटको अल्ट्रा-फास्ट चार्जिङ सुविधा उपलब्ध छ।
फोटोग्राफीका लागि यस फोनमा ५० मेगापिक्सेलको मुख्य सेन्सर, ५० मेगापिक्सेलको अल्ट्रा-वाइड र २ मेगापिक्सेलको अक्जिलरी सेन्सर सहितको ट्रिपल रियर क्यामरा सेटअप छ। सेल्फी र भिडियो कलका लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा दिइएको छ। कनेक्टिभिटीका लागि यसले ब्लुटुथ ५.४ सपोर्ट गर्दछ।
नेपालमा १६ जिबी ऱ्याम र ५१२ जिबी स्टोरेज भेरियन्टको मूल्य रु १,६४,९९९ निर्धारण गरिएको छ। यो फोन आधिकारिक वितरक शंकर ग्रुप तथा जगदम्बा मोबाइल्समार्फत देशभर उपलब्ध हुनेछ।
लन्च अफर अन्तर्गत अग्रिम बुकिङ गर्ने ग्राहकहरूले रु ५,००० क्यासब्याक र रु २०,००० बराबरको रेड म्याजिक गेमिङ कन्सोल नि:शुल्क प्राप्त गर्नेछन्। साथै, ग्राहकहरूका लागि शून्य प्रतिशत किस्ता योजना (EMI) को सुविधा पनि उपलब्ध गराइएको छ।
भर्खरै
लोकप्रिय
