- विभो भी-७० मा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामरा र ४के ६० एफपीएस भिडियो रेकर्डिङ सुविधा छ।
- फोनमा एरोस्पेस-ग्रेडका सामग्री र ६५०० एमएएच ब्याट्रीसहितको १.५के अल्ट्रा क्लियर ओलेड डिस्प्ले उपलब्ध छ।
- विभो भी-७० को मूल्य ८३,९९९ देखि ९४,९९९ रुपैयाँसम्म छ, र पहिलो ग्राहकहरूलाई विशेष अफरहरू छन्।
काठमाडौं – विश्वविख्यात स्मार्टफोन ब्रान्ड विभो (vivo) ले आफ्नो चर्चित भी-सिरिज अन्तर्गतको नयाँ संस्करण विभो भी-७० (vivo V70) आज आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ।
५० मेगापिक्सेलको जाइस (ZEISS) सुपर टेलिफोटो क्यामरासहित आएको यो फोन व्यावसायिक फोटोग्राफी र प्रिमियम डिजाइनमा केन्द्रित रहेको कम्पनीले जनाएको छ। एरोस्पेस-ग्रेडको शिल्पकारितामा आधारित यस फोनले प्रयोगकर्ताहरूलाई जुनसुकै दूरीबाट पनि स्पष्ट र गुणस्तरीय तस्बिर खिच्न सघाउने दाबी गरिएको छ।
यस फोनको सबैभन्दा बलियो पक्ष यसको क्यामरा प्रणाली हो। भी-७० मा पहिलो पटक ४के ६० एफपीएस (4K 60 fps) भिडियो रेकर्डिङ सुविधा उपलब्ध गराइएको छ, जसले गर्दा प्रयोगकर्ताले सिनेमाटिक गुणस्तरमा भिडियो खिच्न सक्छन्।
साथै, यसमा रहेको एआई स्टेज मोड र १ गुणादेखि २० गुणासम्मको जुम रेन्जले कन्सर्ट वा स्टेज कार्यक्रमहरूमा टाढाबाट पनि अनुहारको स्पष्ट विवरण र गहिराइ कैद गर्न मद्दत गर्दछ। जाइसको मल्टिफोकल पोट्रेट र बोकेह इफेक्टले पोट्रेट फोटोग्राफीलाई थप कलात्मक बनाउँछ।
डिजाइन र स्थायित्वका हिसाबले पनि भी-७० उत्कृष्ट रहेको छ। यसमा एरोस्पेस-ग्रेडको ६-सिरिज आल्मुनियम एलोय फ्रेम प्रयोग गरिएको छ, जसले गर्दा फोन हलुका हुनुका साथै मजबुत पनि छ।
फोनमा १.५के अल्ट्रा क्लियर ओलेड (OLED) डिस्प्ले र १२० हर्जको रिफ्रेस रेट रहेको छ। पावरको लागि यसमा ६५०० एमएएच (6500 mAh) को ब्लुभोल्ट ब्याट्री र ९० वाटको फ्ल्यास चार्ज सुविधा दिइएको छ। धुलो र पानीबाट बचाउन यसलाई आईपी६८ (IP68) र आईपी६९ (IP69) रेटिङ प्रदान गरिएको छ।
नेपाली बजारमा विभो भी-७० दुईवटा स्टोरेज भेरियन्टमा उपलब्ध छ। १२/२५६ जीबी संस्करणको मूल्य रु. ८३,९९९ र १२/५१२ जीबी संस्करणको मूल्य रु. ९४,९९९ तोकिएको छ।
ग्राहकहरूले यो फोन देशभरका विभो रिटेल स्टोर र दराज अनलाइनबाट खरिद गर्न सक्नेछन्। पहिलो बिक्रीको अवसरमा कम्पनीले आकर्षक अफरहरू पनि सार्वजनिक गरेको छ, जसमा पहिलो १,२०० ग्राहकले विभो बड्स एयर ३ नि:शुल्क पाउनेछन् भने चार भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरूप ईभी स्कुटर जित्ने मौका पाउनेछन्।
उपभोक्ताहरूको सहजताका लागि १२ महिनाको शून्य प्रतिशत ईएमआई (EMI) सुविधा पनि उपलब्ध छ।
भर्खरै
लोकप्रिय
