‘आगामी बजेट लगानीमैत्री बनाउनुपर्छ’

‘आगामी बजेट लगानीमैत्री बनाउनुपर्छ’
+
-

मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतले आगामी बजेट लगानीमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।

विराटनगरमा मंगलबार आयोजित आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका लागि राजस्व परामर्श समितिको छलफललाई सम्बोधन गर्दै अध्यक्ष राउतले दुई तिहाइ बहुमतनजिक रहेको सरकारबाट जनतासँगै निजी क्षेत्र पनि आशावादी बनेको बताए।

राउतले विगतमा राजनीतिक अस्थिरताबाट गुज्रिएको निजी क्षेत्रले अबको स्थिर सरकारबाट लगानीमैत्री र सुरक्षित वातावरण चाहेको बताए।

उनले भने, ‘आज आयकरमा जुन किसिमले ४० प्रतिशत कर लगाइएको छ। यस सन्दर्भमा छिमेकी राष्ट्रमा हेर्दा न्यून बनाएको अवस्था छ। जबसम्म आयकरमा वृद्धि हुन्छ, त्यसैले पनि आयकरलाई कम बनाउनु आवश्यक छ।’

जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रसमेत निशानामा परेको बताउँदै अध्यक्ष राउतले आउँदो समय त्यस प्रकारको घटना नहुने गरी निजी क्षेत्रलाई विश्वस्त बनाउने वातावरण आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले मुलुकलाई शिक्षा, स्वास्थ्य, उद्योग र पर्यटनको हब बनाउने गरी लगानीमैत्री बजेट निर्माण गर्न सरकारलाई सुझाव दिएका थिए।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले लगानीमैत्री वातावरणसँगै स्वदेशी उत्पादन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए। पश्चिम एशियाली राष्ट्रमा चर्किएको युद्धका कारण कच्चा पदार्थसमेत अवरुद्ध हुँदै आएको बताएका अध्यक्ष राठीले भने, ‘पश्चिम एशियामा जारी तनावका कारण भारतसँगै तेस्रो मुलुकबाट आयात हुने कच्चा पदार्थको ढुवानी केही सातादेखि अवरुद्ध हुँदै गएको छ। यसमा पनि विशेषगरी प्लाष्टिकजन्य पदार्थमा आधारित स्वदेशी उद्योगहरु संकटमा देखिएका छन्।’

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव तथा बजेट लेखन समितिका संयोजक उत्तरकुमार खत्रीले राजस्व अनुसन्धान विभाग खारेज भयो भनेर गलत क्रियाकलाप नगर्न उद्योगी व्यवसायीलाई सचेत गराएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…