- दुई मन्त्रीले विवादित घटनाक्रमका कारण बालेन्द्र सरकारमा एक महिनाभित्रै आफ्नो पद गुमाएका छन्।
- गृहमन्त्री सुधन गुरुङले दीपक भट्टसँगको साझेदारी विवादले राजीनामा दिन बाध्य भएको बताएका छन्।
- श्रममन्त्री दीपककुमार साहले पत्नीलाई नियुक्त गर्दा पदीय मर्यादा उल्लंघन गरेको भन्दै उनलाई बर्खास्त गरिएको थियो।
काठमाडौँ– सरकार गठन भएको महिना दिन नपुग्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्का दुई मन्त्रीले पद गुमाएका छन्।
मन्त्री बनेको दुई हप्तामै चैत २६ गते तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह बर्खास्तीमा परेका थिए भने गृहमन्त्री सुधन गुरुङले २७ दिनमै पद छाड्नु परेको छ।
सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी देखिएपछि गृहमन्त्री गुरुङले बुधबार (बैशाख ९ गते) प्रधानमन्त्री बालेनसमक्ष राजीनामा बुझाएका छन्।
उनको व्यापरिक साझेदारीबारे मिडियामा बाहिरिएपछि उनलाई चौतर्फी राजीनामाको दबाब परेको थियो। दुई दिनअघि नै उनको विवाद बाहिर आएको भए पनि ढिला गरी उनले राजीनामा बुझाएका हुन्।
गुरुङ विवादमा परेपछि प्रधानमन्त्री शाहले छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। सोहीअनुसार गुरुङले पनि दुई दिन ढिला गरी राजीनामा बुझाएका छन्।
राजीनामासम्बन्धी जानकारी सामाजिक सञ्जालमा सेयर गर्दै उनले नैतिक प्रश्न उठेकाले राजीनामा दिएको बताएका छन्।
यसअघि तत्कालीन श्रममन्त्री साहले श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य विमा बोर्डमा पदीय मर्यादाविपरीत नियुक्ति दिएको भन्दै प्रधानमन्त्री शाहले बर्खास्त गरेका थिए।
तत्कालीन श्रममन्त्री साह र भर्खरै राजीनामा दिएका गृहमन्त्री गुरुङ विवादमा परेपछि मन्त्रीमन्त्री शाहले स्पष्टीकरण सोधेका थिए।
भर्खरै
लोकप्रिय
