अ
+
अ
अ
-
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई फिर्ता पठाएको अध्यादेश फेरी जारी गर्नका लागि सिफारिस गरेको छ। मन्त्रीपरिषद बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुन: जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नका लागि पुन: सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यसअघि पनि योसहित विभिन्न ८ वटा अध्यादेश सिफारिस भएका थिए । तीमध्ये ७ वटा राष्ट्रपतिले जारी गरेका थिए भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए । उक्त अध्यादेश जस्ताको तस्तै सिफारिस गर्न राष्ट्रपति समक्ष पठाइएको पोखरेलले जानकारी दिए।
भर्खरै
लोकप्रिय
