काठमाडौं — नेपाल सरकारको आज बसेको मन्त्रीपरिषदको बैठकले महत्वपूर्ण नीतिगत तथा विकास सम्बन्धी निर्णयहरू गरेको छ। मन्त्रिपरिषद्को बैठकले संवैधानिक, आर्थिक तथा कृषि क्षेत्रसँग सम्बन्धित निर्णय गरेको हो।
बैठकले यसअअघि राष्ट्रपतिलाई सिफारिसका लागि पठाइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको छ। राष्ट्रपति यो अध्यादेश जारी नगरी पुनर्विचारका लागि सरकारलाईनै फिर्ता पठाएका थिए।
त्यसैगरी, सरकारले विश्व बैंकबाट ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण र ५ मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ। त्यस्तै कृषि क्षेत्रलाई सुदृढ बनाउन सरकारले भारतबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई स्वीकृति प्रदान गरेको छ।
त्ययस्सैतै मन्त्रीपरिषदले सिंहदरबार परिसरको गुरुयोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ, जसले सरकारी संरचनाहरूको व्यवस्थित विकास र व्यवस्थापनमा टेवा पुर्याउने विश्वास लिएको छ।
भर्खरै
लोकप्रिय
