सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक
प्रधानमन्त्री वालेन्द्र शाह। फाइल फोटो
+
-

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले  सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाएका छन्न। सोहि प्रयोजनका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ। संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री शाहको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो।

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ। बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ।

संवैधानिक परिषदमा  विशिष्ट ब्यक्तिहरु सदस्य रहने प्रावधान छ।  जसअनुसार सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी रहने छन्।

प्रधानन्यायाधिश पनि संवैधानिक परिषदको सदस्य रहेपनि प्रधानन्यायाधिश नियुक्तिको एजेन्डामा उनको स्थानमा कानुन मन्त्रीलाइ सहभागिता गराउने गरिन्छ। जसअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम प्रधान न्यायाधिशको स्थानमा प्रतिनिधित्व गर्ने छन्। सबै सदस्यलाई  आमन्त्रण गरिएको जनाइएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…