आफ्नै उपसभामुखविरुद्ध हर्कले निकाले विज्ञप्ति, के छ विज्ञप्तिमा

आफ्नै उपसभामुखविरुद्ध हर्कले निकाले विज्ञप्ति, के छ विज्ञप्तिमा
+
-
देशसञ्चार AI सारांश
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानन्यायाधीश नियुक्तिमा परम्परा मिचिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

  • उनले संसद छलेर राष्ट्र प्रमुखलाई दबाब दिएर संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरायो भनी आलोचना गरे।

  • उपसभामुखको विरोध गर्दै उनले नियुक्तिमा वरियताको क्रम उल्लंघन गरिएको भन्दै खेद व्यक्त गरेका छन्।

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रधानन्यायाधीश नियुक्तिमा परम्परा मिचिएको विषयमा गम्भिर आपत्ति जनाएका छन्। उनले विज्ञप्तिमार्फत् आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख विरुद्ध खेद समेत ब्यक्त गरेका छन्।

उनले विज्ञप्तिमा भनेका छन् ‘संसद छलेर राष्ट्र प्रमुखलाई दबाब दिई संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गराउनु गलत थियो।  गलत कार्यलाई कदापी सहि भन्न सकिन्न। भन्नु हुँदैन्।’ उनले वरियताले चौंथोलाई प्रधानन्यायाधीश नियुक्ति गर्नु अर्को ठूलो गल्ती सरकारले गरेको पनि बताएका छन्।

उनले सारा नेपालीलाई थिति र सुशासनको आश्वासन दिएर आएको दलले यसरी विधि मिचेर गरिरहेकी कार्य र दिएको नियुक्तिले पक्कै पनि राजनीतिक तथा कानूनी स्वार्थ भएको हुन सक्ने आसंका गरे। उनले भने ‘सहकारी ठगी प्रकरण, भदौ २३-२४ को  जेन्जी आन्दोलन जस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउन यी नियुक्ति दिइएको हुन सक्ने आशंका प्रस्स्त देखिन्छ।’

उनले आफ्नै उपसभामुखको आलोचना गर्दै भने ‘नियुक्ति सम्बन्धि वैठकको क्रममा नयाँ-नयाँ एक ठाउँमा आउनु पर्ने देखि एमसीसी, एसपीपी जस्ता विषय समेतको प्रसंग ल्याई दबाब र प्रभाव सृजना गरिएको अवस्थामा हालै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरियताको क्रमलाई उलङ्घन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ।’ उनले विज्ञप्तीमा भनेका छन्।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…