विरोधकाबीच पारित भएको संसदको नियमावलीविरुद्ध प्रतिपक्षी दल अदालत जाने

विरोधकाबीच पारित भएको संसदको नियमावलीविरुद्ध प्रतिपक्षी दल अदालत जाने
+
-

काठमाडौँ– विरोधकाबीचमा पारित गरिएको संसदको नियमावलीविरुद्ध प्रतिपक्षी दल अदालत जाने भएको छ।

सोमबार कांग्रेसको संसदीय दलका कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले पारित नियमावलीप्रति असहमति जनाउँदै सर्वोच्च अदालत जाने निर्णय गरेको हो।

प्रतिनिधि सभाका सदस्यहरुलाई विशेष अधिकार दिने गरी गरिएको नियमावलीको नियम २५९ को व्यवस्थाप्रति विपक्षी दलहरूको असहमति छ। उक्त विषयमा असहमति हुँदाहुँदै पनि आइतबार सभामुख डोलप्रसाद अर्यालले विरोधकाबीच संसदबाट नियमावली पारित गरेका थिए।

सामान्यतया संसद्लाई नियमन र व्यवस्थित गर्ने नियमावली सर्वसम्मतिमा पारित गर्ने गरिन्छ। यदि नियमावलीको विषयवस्तुमा सर्वसहमति हुन नसकेमा प्रक्रियामा भए पनि सर्वसहमति खोजिने संसदीय अभ्यास छ।

तर उक्त अभ्यासलाई भत्काउँदै सभामुख अर्यालले चर्को विरोधकाबीच नियमावली पारित गरेका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…