काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालले भारतको कुन–कुन भूभाग मिचेको हो? भन्नेबारे संसद्मा स्पष्ट जवाफ दिन माग गरेको छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले तीन करोड नेपालीको शीर निहुरिएको बताए।
उनले प्रधानमन्त्री शाहले दिएको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रहित, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सुरक्षाविपरित रहेको बताए। उनले प्रधानमन्त्रीले संसद्मै उभिएर नेपालले भारतको कुन कुन भूभाग मिचेको हो? भन्ने कुरा राख्नुपर्ने बताए।
उनले भोलि भारतले फिर्ता माग्दा कुन जग्गा दिने? भन्दै प्रश्न गरे। उनले भने, ‘यो हाम्रो स्वाभिमानको विषय हो, राष्ट्रिय सुरक्षाको विषय हो। भोलि भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने हामीले कुन जग्गा फिर्ता दिने? रोष्ट्रममा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रहित विपरीत छ।’
भर्खरै
लोकप्रिय
