मानवअधिकारकर्मी प्रदिप परियारको संस्मरण ‘सियोधागो’ लोकार्पण

मानवअधिकारकर्मी प्रदिप परियारको संस्मरण ‘सियोधागो’ लोकार्पण
+
-
देशसञ्चार AI सारांश
  • प्रदिप परियारको संस्मरणात्मक पुस्तक ‘सियोधागो’ काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको छ।
  • मानवअधिकारकर्मी परियारले आफ्नो पुस्तकलाई संघर्ष, सिकाइ अनुभवको सँगालो भन्दै यसमा वैचारिक यात्रालाई प्रस्तुत गरेका छन्।
  • परियारले युवा सशक्तीकरण तथा समावेशीकरणमा पुर्‍याएको योगदानस्वरूप २०२० मा योङ ग्लोबल लिडर्स अवार्ड जितेका थिए।

काठमाडौँ- मानवअधिकारकर्मी तथा लेखक प्रदिप परियारको संस्मरणात्मक पुस्तक ‘सियोधागो’ लोकार्पण भएको छ।

राजधानीमा एक कार्यक्रमबीच बिहीबार पुस्तक सार्वजनिक भएको हो। सो क्रममा उनले सियोधागोको लेखनको अनुभव पनि सुनाएका थिए।  ‘यो किताब मेरो संघर्ष र आफ्नो सिकाइ अनुभवको सँगालो हो’,उनले  भने।

सिन्धुलीमा जन्मिएर हाल ललितपुरलाई कर्मथलो बनाएका परियार लामो समयदेखि मानवअधिकार, युवा नेतृत्व र दलित अधिकारको क्षेत्रमा क्रियाशील छन्।

उनले विश्व आर्थिक मञ्चद्वारा प्रदान गरिएको योङ ग्लोबल लिडर्स (YGL), २०२० अवार्डसमेत जितेका थिए। उनलाई युवा सशक्तीकरण, शान्ति निर्माण र सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा पुर्‍याएको योगदानको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो।

नेपालको पहिलो ‘राष्ट्रिय युवा नीति’ तर्जुमा गर्ने कोर टिम (मस्यौदा टोली) मा रहेर काम गरेका उनी युवा संस्थाहरूको साझा संजाल ‘आयोन’का निर्वाचित पूर्वअध्यक्षसमेत हुन्।

दलित अधिकार र सामाजिक न्यायका मुद्दामा केन्द्रित ‘समता फाउन्डेसन’को कार्यकारी अध्यक्षको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका परियार हाल ‘दलित लाइभ्स म्याटर्स’ नेपालको निर्देशकका रूपमा अभियानमा सक्रिय छन्।

फाइनप्रिन्टले प्रकाशन गरेको यस पुस्तकमा परियारको आजसम्मको वैचारिक यात्रा, अनुभव, ज्ञान र जीवनका विभिन्न घटनाहरूलाई प्रस्तुत गरिएको छ। पुस्तक लोकार्पणमा प्रख्यात सारङ्गी वाधक किरण नेपालीले सारङ्गीबाट केही परम्परागत धुन सुनाएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…