झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर

झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर
+
-

म्याग्दी – त्रिपालले छाएको र बारेको छाप्रोमा बस्दै आएका म्याग्दीको मङ्गला गाउँपालिका–१ हर्कपलेका एक विपन्न परिवारलाई गाउँपालिकाले घर निर्माण गरिदिएको छ।

नागरिकतासमेत नभएका मीमबहादुर किसानको परिवारका लागि गाउँपालिकाले स्थानीय समुदायसँग समन्वय गरेर दुई कोठे घर निर्माण गरिदिएको हो। मङ्गला गाउँपालिका–१ का वडाध्यक्ष एकजित रोकाले सुरक्षित नागरिक आवास कार्यक्रममार्फत रु चार लाख बजेटबाट मीमबहादुरलाई घर बनाएर उपलब्ध गराएको जानकारी दिए।

“गाउँपालिकाको बजेट र पैयुपाँटा टोलका युवा तथा अगुवाहरूको सक्रियतामा मीमबहादुर बस्ने घर निर्माण गरिदिएका हौँ”, उनले भने, “यसअघि विसं २०८० असार १९ गते उहाँलाई प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको थियो।”

ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका किसानका एक श्रीमती र तीन छोराछोरी छन्। उहाँहरू यसअघि त्रिपालमुनि कपडा र बोराले बारेको झुपडीमा बस्दै आएका थिए।

“घर बनेपछि झरीमा पानी चुहिने र हावाहुरी लाग्दा त्रिपाल उडाउने झुपडीको असहज र असुरक्षित बसाइँको अन्त्य भएको छ”, उनले भने, “हामीलाई घरमै सरकार आएको अनुभव भएको छ।” घर बनाउने जग्गाजमिन भए पनि आर्थिक अभावका कारण निर्माण गर्न सक्नुभएको थिएन।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…