तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चितताको घोषणा

तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चितताको घोषणा
फाइल तस्बिर।
+
-
देशसञ्चार AI सारांश
  • तनहुँ जिल्लाका सबै पालिकालाई लक्षित गरी पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ।

  • सबै पालिकाका बालबालिकाले आवश्यक खोप पूरा गरेपछि संबन्धित पालिकालाई पूर्णखोप सुनिश्चित घोषित गरिएको हो।

  • खोप अभियानले बालबालिकालाई सरुवा रोगबाट सुरक्षित राख्न र स्वस्थ्य सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

दमौली (तनहुँ) – तनहुँ जिल्लाका दशवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ।

चालु आर्थिक वर्षभित्र जिल्लाका सबै पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने लक्ष्यअनुसार जिल्लाका सबै पालिकाले उक्त उपलब्धि हासिल गरेका हुन्। आँबुखैरेनी गाउँपालिकालाई बिहीबार पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएसँगै जिल्लाका सबै पालिका पूर्णखोप सुनिश्चित भएका हुन्।

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीका अनुसार भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भएका छन्।

उनका अनुसार जिल्लाका दशवटै पालिकाका ८५ वटै वडालाई यसअघि नै पूर्णखोप वडा घोषणा गरिसकिएको छ। अब केही दिनभित्रै तनहुँ जिल्लालाई नै पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिने उनले बताए।

पालिकाभित्र रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेपछि सम्बन्धित पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिने व्यवस्था रहेको छ।

स्वास्थ्य कार्यालयका अनुसार पूर्णखोप अभियानले बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्नुका साथै समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नसमेत महत्वपूर्ण भूमिका खेलेको छ। जिल्लाभर खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायबीच सहकार्यलाई अझ सुदृढ बनाइँदै लगिने जनाइएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…