विराटनगरमा भाटभटेनीको सेवा पुनः सुरु

विराटनगरमा भाटभटेनीको सेवा पुनः सुरु
+
-
देशसञ्चार AI सारांश
  • विराटनगरको भाटभटेनी सुपरमार्केटले एक वर्षपछि सेवा पुनः सुचारु गर्दा स्थानीयलाई सरसमान खरिद गर्नौलागि भीड लागेको छ।

  • भाटभटेनी पुनः सञ्चालनमा आउनु विराटनगरका लागि गर्वको विषय भएको र स्थानीयले यसको गरिमा जोगाउनु पर्ने बताइएको छ।

  • विभिन्न सुपरमार्केट पुनर्निर्माणमा लाग्ने समय र खर्च धेरै भए पनि विराटनगरवासीको सहयोगले भाटभटेनीलाई पुनः सञ्चालनमा ल्याइएको छ।

मोरङ – गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनमा सिकार भएको विराटनगरको भाटभटेनी सुपरमार्केटले शनिबारबाट आफ्नो सेवा पुनः सुचारु गरेको छ।

जेनजी आन्दोलनका क्रममा सरसमानसहित भवनमा आगजनी भएपछि ठूलो क्षति भोगेको भाटभटेनीले सेवा सञ्चालनमा ल्याएसँगै सरसमान खरिदका लागि स्थानीयको विहानबाट भीड लागेको छ।


लामो समय मर्मतमा खर्चिएपछि सञ्चालनमा आएको सुपरमार्केटबारे भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पनु पौडेलले भने, ‘विराटनगर र स्थानीयको साथ र सहयोगसहित खरानीबाट फेरि एकपटक हामी बजारमा उत्रिएको छौ। हामीलाई सञ्चालनमा ल्याउनका लागि विराटनगर वासीको ठूलो साथ रहेको छ। यहाँको उपभोक्ताकै समर्थन र मायाले फेरि बजारमा आएका छौ।

यसको सञ्चालनबारे स्थानीयमा ठूलो चासो र चिन्ता रहेको थियो।त्यो हामीले बुझेका थियौं।’
भारतीय सीमावर्ती क्षेत्र जोगबनी नजिक रहेपनि भाटभटेनीलाई विराटनगरकै स्थानीय सर्वसाधारणले साथ दिनेमा भाटभटेनी विश्वस्त रहेको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए। नयाँ बनाउनभन्दा बढि पुरानो मर्मत गरेर सञ्चालनमा ल्याउन कठिन हुने बताएका पौडेलले विराटनगरमा कार्यरत करिब ३ सय कर्मचारीको साथ र अथक मेहनतले असारमै मार्केटलाई अघि बढाउन सकिएको जानकारी दिए। गतवर्ष भदौंमा भएको आगजनीपछि भवन पूर्ननिर्माणदेखि स्टोरका सरसमानमा गरि हालसम्म १ सय करोड नेपाली रुपैया खर्च भएको उनको भनाई छ। उनले भने, ‘बरु नयाँ बनाउन सहज हुने रहेछ। आगो लागेर क्षति भएको भवनमा बढि समय र मर्मत खर्च आउने रहेछ। तरपनि विराटनगरवासीको मायाले नै यो संभव भएको हो।’

भाटभटेनी पुनः सञ्चालनमा आउनु विराटनगरका लागि गौरवको विषय भएको बताएकी विराटनगरकी नमिता न्यौपानेले यसको गरिमालाई अब विराटनगरवासीले नै जोगाउनुपर्ने बताउँछिन्। जेन जी आन्दोलनमा यसलाई जोगाउन नसक्नु विराटनगरवासीका लागि दुर्भाग्य भएको उल्लेख गर्दै न्यौपानेले भनिन्, ‘विराटनगरवासी गत भदौमा यसलाई जोगाउन सकेनौ त्यो दुर्भाग्य थियो। तर अब यस ब्यवसायलाई प्रोत्साहन गरि साथ दिनु हाम्रो कर्तब्य हो। जहाँ सयौं, हजारौं रोजगारी जोडिएको छ। घर, ब्यवहार चलाउन अहम भूमिका खेलेको छ।’

कृषकका उत्पादनलाई उपभोक्ताबीच पुराउने सहज माध्यमका रुपमा रहेको यस मार्केटभित्र सस्तो, छिटो, छरितो र राम्रो सरसमान उपलब्ध हुनु नै उपभोक्तालाई सहजको वातावरण हुने न्यौपानेको भनाई छ।

भाटभटेनी पुनः सञ्चालमा आएको सन्दर्भमा विराटनगर ५ संकेत खनालले उपभोक्तालाई राहत मिलेको बताउँछन्। विराटनगरको सानकै रुपमा रहने यस सुपरमार्केट सञ्चालनमा आएपछि स्थानीय उपभोक्ताहरुले सबै सरसमान एकै दररेटमा एकै भवनभित्र पाउने खनालको भनाई छ।

सरसमान खरिदमा नठगिने बताएका खनालले भने, ‘बजारमा जस्तो असमान मूल्य यहाँ तिर्नुपर्दैन। सबै उपभोक्ताका लागि एकै मूल्य हुन्छ। फेरि हरेक समान यहाँ भवनभित्र पाउने हुँदा समयको बचतपनि हुने गर्छ।फेरि परिवार केटाकेटी लिएर बेलुका यहाँ पुग्नपनि रमाइलो हुन्छ।’

जेन जी आन्दोलनका क्रममा विराटनगरसहित काठमाडौंको महाराजगञ्ज, कोटेश्वर, बौद्ध, बालुवाटार, भरतपुर, पोखरागरि १२ वटा सुपरमार्केटमा क्षति पुगेको थियो। भाटभटेनी सुपरमार्केटका अनुसार क्षति पुगेका मध्य हाल ५ वटा स्थानका सुपरमार्केट सञ्चालनमा आउन बाँकी रहेको छ।

तथापि, काठमाडौंको नक्साल, सुनसरीको धरान र झापाको विर्तामोडमा क्षति पुगेको सुपरमार्केट भदौ महिनाभित्र पुनः सञ्चालनमा ल्याउने तयारी रहेको छ। त्यसैगरि, हेटौडा र झापाको दमकस्थित सुपरमार्केट भने कार्तिक महिनासम्ममा सञ्चालनमा आउने भाटभटेनी सुपरमार्केटका प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…