‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित

‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित
+
-

काठमान्डौं- यू-१९ महिला विश्वकप अन्तरगत आज भएको ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको छ। नेपालले दिएको ५९ रनको सामान्य लक्ष्य पछ्याएको अमेरिकाले उक्त लक्ष्य १४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

पहिलो ब्याटिङ  गर्दै नेपालले पुरै २० ओभर खेलेर केवल ५८ रन मात्रै जोड्न सकेको थियो । नेपालकी ओपनर साना प्रवीनले सर्वाधिक १२ रन र कप्तान पूजा महतोले १० रन बनाउनु बाहेक अन्य ब्याटरहरुले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

नेपालले आफ्नो इनिङमा एउटा पनि बाउन्ड्री प्रहार गर्न नसक्दा सामान्य स्कोरमै चित बुझाउनु परेको थियो। कसिलो बलिङ गरेको अमेरिकाका लागि ऋतु सिंह, सुहानी थाडानी, इशानी भाग्हला, सान्भी इम्मादी र पूजा साहले समान १-१ विकेट लिएका थिए।

५९ रनको लक्ष्य पछ्याएको अमेरिकाका लागि इसानी भोगले सर्वाधिक २४ रन बनाएकी थिइन्। अभ्यास खेलमा नेपालको यो दोस्रो हार हो। यसअघि वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको थियो।

मलेसियामा हुने यु १९ महिला टी-२० विश्वकप जनवरी १८ देखि सुरु हुँदैछ । नेपालले समूह चरणमा बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्डसँग भिड्ने छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?