- उपमहासचिव योगेश भट्टराईले रामबहादुर थापाको चयनमा गलत प्रक्रिया अपनाइएको आरोप लगाए।
- उनले प्रतियोगी उम्मेदवारलाई दर्ता गर्न नदिएको र सांसदलाई दबाब दिएको उल्लेख गरे।
- पार्टी जटिल अवस्थामा हुँदा आवश्यक परामर्शको कमीलाई गलत अभ्यास भने।
काठमाडौँ – उपाध्यक्ष रामबहादुर थापा बादललाई संसदीय दलको नेता गर्दा गलत शैली अपनाइएको आरोप उपमहासचिव योगेश भट्टराईले लगाएका छन्।
दलका नेतामा प्रतिस्पर्धा गर्न चाहेका सुहाङ नेम्वाङलाई उम्मेदवारी नै दर्ता गर्न नदिइ बादललाई निर्विरोध घोषणा गरिएको प्रति भट्टराईले आपत्ति जनाएका हुन्। दलको नेतामा चयनका गर्ने क्रममा महासचिव शंकर पोखरेलले सांसदहरुलाई दबाब दिएका थिए।
पार्टी जटिल अवस्थामा गुज्रेका बेला पर्याप्त छलफल गर्नुपर्नेमा गतल अभ्यास गरिएको उनको भनाइ छ।
‘निर्वाचनबाट पार्टीलाई गंभीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकुलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फत बलियो एकता बनाउदै जनविश्वास जागृत गर्नु पर्ने बेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंतिलाई थप चिन्तित बनाएको छ, भट्टराईले अगाडि भनेका छन्,
‘केही दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरुका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन ।’
भर्खरै
लोकप्रिय
