सरकारसँग एमालेले प्रश्न गर्दा संसद्‌मै रिसले मुर्मुरिए गृहमन्त्री गुरुङ

सरकारसँग एमालेले प्रश्न गर्दा संसद्‌मै रिसले मुर्मुरिए गृहमन्त्री गुरुङ
+
-
देशसञ्चार AI सारांश
  • प्रतिनिधिसभा सदस्य चुनावबाट निर्वाचित पहिलो बैठकमा एमालेले सरकार र रास्वपामाथि तीव्र प्रश्न उठायो।
  • एमालेले आफ्नो अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई लिएर सरकारलाई संवैधानिक उल्लंघनको आरोप लगायो।
  • एमालेले रास्वपाको विजयको पछाडि अदृश्य शक्तिहरूको भूमिका रहेको दाबी गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने घोषणा गर्‍यो।

काठमाडौँ– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावबाट निर्वाचित संसदको पहिलो बैठक बिहीबारबाट सुरु भयो। संसदकै पहिलो बैठकमा विजयी हुनेलाई बधाई र एकअर्कालाई शुभकामना दिने संसदीय परम्परा भए पनि यसपटक चुनावबाट पराजित भएको तेस्रो ठूलो दल एमालेले सरकार र रास्वपामाथि प्रश्न उठयो।

एमाले पहिलो दिन नै सशक्त प्रतिपक्ष र आलोचनात्मक हुने संकेत गरेको छ। एमाले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई मुख्य विषय बनायो भने रास्वपाको विजयमाथि कडा प्रहार गर्‍यो।

संसद बैठकको सुरुमै एमाले सांसदहरुले विरोध जनाउँदै बोल्नका लागि समय माग गरे। जेष्ठ सदस्य अर्जुननरसिंह केसीले नियमावलीसमेत नआएको अवस्थामा सदनलाई विवादको थलो नबनाउन आग्रह गरे पनि एमालेका सांसदहरुले मानेनन्।

केसीले भने, ‘नियमावलीसमेत नआएको अवस्थामा पहिलो बैठकलाई शान्तिपूर्ण रुपमा सञ्चालन गरौँ। एकातिर सदनलाई शून्यतामा लानु हुँदैन, अर्कोतर्फ पहिलो दिनमै विवादको थलो नबनाउँऔँ।’

केसीले आग्रह गर्दा गर्दै उपाध्यक्षसमेत रहेका एमालेका सांसद गुरु बराललाई समय दिए। उनले आफ्ना अध्यक्ष केपी ओलीलाई गैरकानुनी ढंगबाट पक्राउ गरेको र सरकारले संविधान उल्लंघन गरिरहेको आरोप लगाए।

‘देशमा आज संविधान विपरीत गतिवधि भइहरको छन्। संविधानले सबै नागरिकलाई सम्मानपूर्वक, स्वतन्त्रता पूर्वक र समानता पूर्वक बाच्न पाउने हकको सुनिश्चिता प्रदान गरको छ। तर सरकारका गतिविधि संवैधानिक दृष्टिकोणबाट उचित छन्?’ बरालले अगाडि भने, ‘पूर्वप्रधानमन्त्री ओली र लेखकलाई फौजदारी कार्यविधिको दफा १८१, १८२ लाई गतल रुपमा प्रयोग गरेर बन्दी बनाइएको छ।’

उनले विरोध गर्न पाउने नागरिकको संवैधानिक अधिकारसमेत कुण्ठित हुन पुगेको जिकिर गरे।

दलीय आधारमा पाएको सयममा पनि एमालेले रास्वपाको विजयी र सरकारको गतिविधिको चर्को विरोध गर्‍यो। संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्री बालेनलाई व्यंग्यात्मक ढंगबाट बधाइ दिए।

नेता बादलले भने, ‘फागुन २१ गते आम निर्वाचनमार्फत नीलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो। चैत्र १३ गते भव्य धार्मिक अनुष्ठानसहित श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो। यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा एमालेको तर्फबाट धेरै –धेरै बधाई भन्न चाहन्छु।’

एमालेले रास्वापको विजयको पछाडि सेना, सरकार, बारबार फाउण्डेशनसहितको अदृश्य शक्तिको हात रहेको दाबी गर्‍यो।

‘यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा को कसको निर्णायक भूमिका रह्यो? तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, वीर केसी, सुशिला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन एनजीओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो,’ कडा रुपमा प्रस्तुत हुँदै थापाले संसदमा भने, ‘यो जादुमयी विजयका लागि बाह्य दृष्टिले को कसले निर्णायक भूमिका निर्वाह गरे? असंख्य तथ्यहरूले के स्पष्ट गर्दछन् भने अदृश्य शक्तिहरू टिओबी, एल्गोरिदम, वेब सर्भर जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरे।’

उनले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरूलाई महानायक बनाएको आरोप लगाए।

थापाले कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवासहरू, प्रहरी चौकी, व्यावसायिक प्रतिष्ठानहरू सुनियोजित ढंगबाट जलाइयो? भन्दै प्रश्न गर्दा गृहमन्त्री सुधन गुरुङ मुर्मुरिएका थिए।

‘कुन उद्देश्य प्राप्तिका लागि कसले ती अबोध विद्यार्थीलाई निषेधित क्षेत्र तोड्न उक्सायो? कुन उद्देश्य प्राप्तिका लागि हतियारवद्ध टिओबीहरू २३–२४ गते तिलस्मी रूपमा प्रकट भए?, थापाले सदनमा अगाडि भने, ‘कुन उद्देश्य प्राप्तिका लागि गैरकानूनी ढंगबाट पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो? कुन उद्देश्य पूर्ति गर्न राजनीतिक नेतृत्वहरूलाई गिरफ्तार गर्ने प्रपञ्च रचिँदैछ? कुन उद्देश्य पूर्तिका लागि देशभरि रूपमा दमन चक्र र राज्य आतंक मच्चाइँदैछ?’

उनले विद्यार्थी तथा पेशाकर्मीहरूको संगठित हुने मौलिकसमेत खोसिएको गुनासो गरे।

सरकारमाथि एकपछि अर्को प्रश्न गरिरहँदा गृहमन्त्री सुधन गुरुङले रोष्ट्रमबाट बोलिरहेका थापाप्रति अमर्यादित व्यवहार देखाएका थिए। उनले मुर्मुरिँदै अस्वाभाविक शैली देखाएका थिए।

संसदीय दलका नेता थापाले संसदमा एमालेले सशक्त रुपमा आवाज उठाइरहनेसमेत घोषणा गरे। ‘कुन उद्देश्यका लागि मिडिया ट्रायल, साइबर आतंकको सिर्जना गरिँदैछ? भविष्यले यी प्रश्नहरूको सही जवाफ दिँदै जानेछ। तर यी प्रश्नहरू र यस्तैयस्तै प्रश्नहरू हामी सम्पूर्ण तागतसहित राज्यलाई सोध्नेछौँ। निरन्तर यो गरिमामय सदनमा आवाज घन्काउनेछौँ,’ बादलले भने।

उनले एमालेको पराजय अस्थायी भएको समेत टिप्पणी गरे। ‘यो पराजय फगत अस्थायी हो। पराजित सेनाले छिट्टै सिक्दछ र त्यसले पराजयलाई छिट्टै विजयमा बदल्न सक्दछ,’ थापाले भने।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…