सीजी मोटर्सले सार्वजनिक गर्‍यो नेपालकै शक्तिशाली इलेक्ट्रिक पिकअप ‘Riddara RD6 ECON 4×4’

सीजी मोटर्सले सार्वजनिक गर्‍यो नेपालकै शक्तिशाली इलेक्ट्रिक पिकअप ‘Riddara RD6 ECON 4×4’
+
-
देशसञ्चार AI सारांश
  • सीजी मोटर्सले नेपाली बजारमा Riddara RD6 ECON 4×4 इलेक्ट्रिक पिकअपलाई रु. ७१,९९,००० को सुरुवाती मूल्यमा सार्वजनिक गरेको छ।
  • यस इलेक्ट्रिक पिकअपमा ४८५ Nm टर्क र डुअल मोटर अल-ह्वील ड्राइभ प्रणालीले १२३५ केजीसम्मको भार तान्न सक्छ।
  • गाडीमा ५-स्टार ब्याट्री प्रोटेक्सन र IP68-रेटेड ब्याट्री प्याक, सुरक्षा तथा विभिन्न ड्राइभ मोडहरू उपलब्ध छन्।

काठमाडौं – सीजी मोटर्सले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक पिकअप Riddara RD6 ECON 4×4 आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

गिली होल्डिङ ग्रुप (Geely Holding Group) अन्तर्गतको यस ब्रान्डका लागि सीजी मोटर्स आधिकारिक वितरक हो। कम्पनीले यस नयाँ पिकअपको सुरुवाती मूल्य रु. ७१,९९,००० तोकेको छ।

“Pure Electric, Pure Capability” को नाराका साथ बजारमा आएको यो गाडीलाई नेपालको सबैभन्दा सक्षम इलेक्ट्रिक पिकअपको रूपमा प्रस्तुत गरिएको छ।

नाडा अटो शोमा पहिलो पटक देखिएको Riddara ले छोटो समयमै नेपालको नं. १ इभी पिकअपको पहिचान बनाउन सफल भएको छ। नयाँ ECON 4×4 भेरियन्टले विशेषगरी नेपालको कठिन भौगोलिक अवस्था, उकालो-ओरालो र अफ-रोड बाटोहरूलाई लक्षित गर्दै उच्च पावर र प्रदर्शन क्षमता प्रदान गर्दछ।

प्राविधिक विशेषताका हिसाबले यो पिकअप निकै शक्तिशाली छ। यसमा ४८५ Nm को टर्क र डुअल मोटर अल-ह्वील ड्राइभ (4×4) प्रणाली रहेको छ, जसले गर्दा यसले १२३५ केजीसम्मको भार सहजै तान्न सक्छ।

गाडीको ग्राउन्ड क्लियरेन्स २२५ mm रहेको छ भने यसमा इको, नर्मल, स्पोर्ट र अफ-रोड (हिउँ, हिलो, बालुवा) गरी विभिन्न ड्राइभ मोडहरू उपलब्ध छन्।

सुरक्षाका लागि यसमा ५-स्टार ब्याट्री प्रोटेक्सन आर्मर सिस्टम र IP68-रेटेड ब्याट्री प्याक जडान गरिएको छ, जसले पानी र धुलोबाट ब्याट्रीलाई सुरक्षित राख्छ।

नेपालभर रहेका सीजी मोटर्सका शोरुमहरूमा यो गाडी अहिले टेस्ट ड्राइभका लागि उपलब्ध छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…