धनगढ- सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आज मंगलबारबाट सुरु हुँदैछ । सुदूरपश्चिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आजदेखि अधिवेशन आह्वान गरेका हुन् ।
चैत १८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रदेश सभाको सातौँ अधिवेशन मंगलबारबाट औपचारिक रूपमा सुरु हुनेछ। यसअघि प्रदेश सभाको छैटौँ अधिवेशन गत माघ २५ गते अन्त्य भएको थियो ।
त्यसपछि लामो समयसम्म अधिवेशन नबस्दा प्रदेश सभाको गतिविधि प्रभावहीन जस्तै बनेको थियो । ‘जेन–जी आन्दोलन’ पछि प्रदेश सभा निष्क्रिय जस्तै देखिएको थियो, जसले प्रदेशको नीति निर्माण र कानुन निर्माण प्रक्रियामा असर पारेको छ।
अब सुरु हुन लागेको सातौँ अधिवेशनबाट प्रदेश सरकारका नीति तथा कार्यक्रम, बजेट तयारी, तथा विभिन्न विधेयकहरू अघि बढाउने अपेक्षा गरिएको छ।
साथै, प्रदेशका समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा पनि गहन छलफल हुने विश्वास गरिएको छ।
भर्खरै
लोकप्रिय
