‘युग यात्रा’ लिएर पदम काफ्ले

‘युग यात्रा’ लिएर पदम काफ्ले
+
-
देशसञ्चार AI सारांश
  • साहित्यकार धराबासीले ‘युग यात्रा’ बाट भुटानी नेपालीभाषीहरूको जीवनलाई विश्वसनीय रूपमा अभिलेखीकरण गरिएको उल्लेख गरे।
  • डा. तारालाल श्रेष्ठले उपन्यासमा भुटानी शरणार्थी जीवन र तेस्रो देश पुनःस्थापनाको यथार्थ चित्रण गरिएको बताए।
  • समाजशास्त्री मीना पौडेलले ‘युग यात्रा’ ले मौलिक पहिचान र शरणार्थी जीवनको कष्टकर भोगाइलाई प्रतिबिम्बित गरेको बताइन्।

काठमाडौँ– पदम काफ्ले पहिलो पुस्तकाकार कृति ‘युग यात्रा’ सहित पाठकमाझ आएका छन् । भुटानी नेपालीभाषीको कथाव्यथा समेटिएको उक्त उपन्यास काठमाडौँमा साहित्यकारहरू कृष्ण धराबासी, डा. शैलेन्दुप्रकाश नेपाल, डा. तारालाल श्रेष्ठ, डा. सञ्जय बान्तवा र डा. कविता लामा, समाजशास्त्री डा. मीना पौडेल, चित्रकार अस्मिना रञ्जित, लेखक राधेश्याम लेकाली एवं पत्रकार शेखर खरेलले लोकार्पण गरे ।

साहित्यकार धराबासीले भुटानी नेपालीभाषीहरुजन्मभूमिबाट लखेटिएर पूर्वी नेपालमा आएदेखि आफूले उनीहरूको मुद्दा उठाएको विगतको स्मरण गर्दै ‘युग यात्रा’ ले त्यसकालखण्डलाई पठनीय रूपमा अभिलेखीकरण गरेको बताए । ‘यस उपन्यासको नायकलाई सुरुमा सानो बच्चाका रूपमा देखाइएको छ, तर बुद्धि नपसेको बच्चाका रूपमा,’ उनले भने, ‘बच्चामा वयस्कको बुद्धि हाल्दा कथानक अविश्वसनीय हुन जान्छ, त्यो गल्ती पदमजीले गर्नुभएको छैन । उपन्यासमा चित्रित अरू विवरण पनि यस्तै किसिमले विश्वसनीय छन् ।’

प्राध्यापक डा. तारालाल श्रेष्ठले भुटानी नेपालीभाषीहरूको शरणार्थी जीवनदेखि तेस्रो देश पुनःस्थापनासम्मको दुःखसुखलाई ‘युग यात्रा’ ले समेटेको सुनाए । ‘तर पात्र र घटनाहरू वास्तविक रहेकाले यो कृति आख्यान हो कि आत्मकथा, छुट्ट्याउन गाह्रो हुने देखिन्छ,’ उनको भनाइ थियो, ‘परिवेश चित्रण यस कृतिको सबल पक्ष हो ।’

समाजशास्त्री मीना पौडेलले जुनजुन मुलुकमा पुनःस्थापना गराइए पनि भुटानी नेपालीभाषीहरूले आफ्नो पहिचान भुल्न नसकेको उल्लेख गर्दै ‘युग यात्रा’ ले त्यसलाई प्रतिविम्बित गरेको बताइन् । ‘मौलिक पहिचानप्रतिको मोह यस उपन्यासमा राम्ररी देखाइएको छ,’ उनले भनिन्, ‘शरणार्थी जीवनका कष्टकर भोगाइ र तेस्रो मुलुकमा पुनःस्थापनापछिका उपलब्धिलाई लैंगिक हिसाबले सन्तुलित बनाउन सकिएको भए अझ राम्रो हुने थियो ।’

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले पहिलो कृतिका लागि पदम काफ्लेलाई बधाई दिँदै भाषा–साहित्यले नै कुनै पनि जातिलाई जीवन्त बनाउने धारणा राखे ।

‘जीवनमा केही कुरा यस्ता हुन्छन्, जसलाई सोझै भन्न सकिँदैन,’ पत्रकार शेखर खरेलले भने, ‘त्यसैले आख्यान चाहिने हो ।’

साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले जसको आत्मकथा पनि आख्यानका रूपमा आउन सक्ने भन्दै विधालाई भन्दा सिर्जनालाई हेरिनुपर्ने धारणा राखे । ‘नत्र त आख्यान यथार्थवादी हुन्छ पनि भन्न पाइएन,’ उनले भने, ‘यस कृतिको भाषा प्रवाहमय छ, कथा मनमुटु छुने खालको छ । एकाध प्रसंग पढ्दा मेरा आँखा रसाए ।’

कृतिकार काफ्लेले अग्रजहरूका प्रशंसा र आलोचनालाई आफूले शिक्षाका रूपमा लिने सुनाए । सत्र वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका काफ्ले भुटानको लामीडाँडामा जन्मेका हुन् । ‘युग यात्रा’ खुम्बिला बुक्सले प्रकाशन गरेको हो ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…