सानिमा बैंकद्वारा बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन

सानिमा बैंकद्वारा बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन
+
-
देशसञ्चार AI सारांश
  • सानिमा बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्न पुनः ‘बससेवा क्यासब्याक अभियान’ सञ्चालनमा ल्याएको छ ।
  • बैंकले बस टिकट खरिदमा कार्ड प्रयोग गर्दा नेपालमा १५% वा अधिकतम २०० रुपैयाँ क्यासब्याक दिनेछ ।
  • अस्पताल, होटल र व्यापारिक प्रतिष्ठानहरूमा पनि कार्ड तथा मोबाइल बैंकिङ प्रयोगमा विशेष छुट उपलब्ध हुनेछ ।

काठमाडौ- सानिमा बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आफ्नो लोकप्रिय ‘बससेवा क्यासब्याक अभियान’ पुनः सञ्चालनमा ल्याएको छ ।

अघिल्लो अभियानमा ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र सफलतालाई मध्यनजर गर्दै बैंकले यो योजनालाई निरन्तरता दिएको हो ।

यस अभियान अन्तर्गत, ग्राहकहरूले बससेवामार्फत बस टिकट खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गरेमा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

नेपालभित्रको यात्राका लागि १५% वा अधिकतम २०० रुपैयाँसम्म र भारत यात्राका लागि १५% वा अधिकतम ४०० रुपैयाँसम्म क्यासब्याकको व्यवस्था गरिएको छ । यो योजना २०८३ साल वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

नगदरहित अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने लक्ष्यका साथ सानिमा बैंकले विभिन्न क्षेत्रमा यस्ता छुट तथा क्यासब्याक योजनाहरू ल्याउँदै आएको छ ।

बससेवाका अतिरिक्त बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न अस्पताल, होटल, रेस्टुरेन्ट र व्यापारिक प्रतिष्ठानहरूमा पनि विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

हाल सानिमा बैंकले देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ एटीएममार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…